आज मे १ मा विश्वभर मजदुर दिवस मनाइ रहेको अवस्थामा म्याग्दीमा भने माटोको ढिस्कोले पुरीएर एकजना मजदुरको मृत्यु भएको छ । बेनी दरवाङ सडक खण्डको स्तरबृद्धि कार्यमा खटीएका बर्दिया मधुवन नगरपालिका -२ ठाकुरद्वारका करिब ३५ वर्षिय कालुराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले आफ्नो फेसबुक पेजमार्फत उल्लेख गरेको छ ।
दिउँसो सडकमा ग्याभीन भर्दै गरेका ठाकुर एक्कासी माथि बाट ढीस्को खसेर पुरिएका थीए । तत्काली जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहितको टोली पुगेर उद्धरमा खटेको भए पनि जिवित उद्धार गर्न नसकीएको प्रहरीले जनाएको छ ।