विश्वमा धेरै अनलाइन तथा ब्लगहरुले आफूर्ला सञ्चारको गतिलो माध्यम हौं हामी भन्दै स्थापीत हुने प्रयास गर्ने क्रममा अहिले धेरै यस्ता चिजहरु पनि देखिएका छन् अर्काको रचनालाई आफ्नो बनाउने र आफ्नौ बाइलाइन नै दिएर पनि प्रचार प्रशार गर्ने गरीएको छ । पछिल्लो समय सञ्चार क्षेत्रलाई नियमनकारी निकाय प्रेस काउन्सीलले नियमन गर्नका लागि प्रयास गर्दा पनि समाचार तथा बिचारहरु साभार गर्ने तर साभार गरेको भनेर सूचना नदिने र आफ्नै जस्तो गरी प्रकाशन प्रसारण गर्ने पनि भै रहेको छ । हुन त कसैले तयार गरेको सामग्री उसको अनुमति लिएको खण्डमा प्रकाशन प्रसारण गर्न पाइने प्रावधान हुने भएपनि त्यस्तो प्रकृया नअपनाइकनै आफ्नै तजबिजमा प्रकाशन प्रसारण गरेर आफ्नो टिआरपी बढाउने ध्याउन्नमा लाग्दै गर्दा अर्काको मेहनतको धज्जी उडेको हेक्का कसैले राखेको पाइदैन ।
हामीले जमिनको सिमानामा केही मात्रै सधियाले मिचेको भन्दै भिडेका छौं भने गोरुले धान खाएको तथा कुखुराले तरकारी खाइदिएको भन्दै झगडा गरेका धेरै उदाहरणहरु होलान् । तर सम्पतीको परिभाषा अब भौतिक कुराहरुमा मात्र होइन भन्ने विश्वले मानि सकेको छ । अब त शब्द, सञ्चार अनि अन्य बिभिन्न बौद्धिक तत्वहरु झनै प्रखर सम्पतीका रुपमा तुलना हुन र जोखिन थालेका छन् । कतिपय कविले लेखेका रचना होस या स्तम्भाकरले तयार पारेको स्तम्भ नै किन नहोस त्यो पनि चोरी र नोक्सानीको सिकार बन्छ भन्ने हामीले बुझ्नै पर्छ । अहिले संसारले प्रयोग गर्ने सामाजिक सञ्जाल युट्युवमा पनि कपिराइट भन्दै गरिने क्लेम पनि त हामीले नौलो मानेका छैनौ, तर त्यसला बौद्धिक चोरीको रुपमा भने हामीले नबुझेकै हो ।
आज भन्दा करिब ५० वर्ष पहिला मात्रै पनि फर्कने हो भने त्यस समय बौद्धिक सम्पत्तिको वारेमा कुनै तर्कवितर्क नै चल्ने थिएन तर यो सताब्दी भनेको बौद्धिक सम्पत्तीको युग हो भन्दा फरक नपर्ला । सन २००० पछि भने बौद्धिक सम्पत्तीका बारेमा निकै चर्को आवाज उठ्नुका साथै यसको अधिकार अनि यसलाई जोगाउने भन्ने विषयमा निकै ठूला वहसहरु चल्न थालेका छन् । विश्वका चर्चित कम्पनीहरु एप्पल र सामसुङ्गले त प्याटनराइटका नाउँमा अर्बौं डलर जरीमाना तिर्ने सम्म पनि गरेका छन् । विश्वले आजकै दिन अर्थात् अप्रिल २६ तारिखमा बौद्धिक सम्पत्ति दिवसका रुपमा मनाउँछ । यस दिनमा आफ्नो क्षमता र आफ्नो रचना र उत्पादनको सुरक्षा र अनधिकृत प्रयोगबाट बच्ने र बचाउने भन्ने नै हो । त्यसैले आफ्नो चिजको ट्रेडमार्क सुरक्षित गर्दै अरुको पनि जोगाइदिने कि? बौघिक सम्पत्ती दिवसको शुभकामना ।
Previous Articleनगरपालिका र गाउँपालिकामा भ्रष्टाचार बढ्यो ः अख्तियार
Next Article यसरी बन्दै छ नेकपाको सबै जिल्ला कमिटी