प्रकाश दर्नाल ‘सितल’ र राम बोहोराको लोकगीत मरुभुमी सार्वजनिक भएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथा बस्तुलाई समेटिएको गीतमा पूर्णकला बिसी र राम बोहराले आवाज दिएका छन् ।
प्रकाश दर्नाल ‘शिलत’को शब्द रहेको गीतमा संगीत पनि प्रकाशकै रहेको छ । आशा खड्का र शिदार्थ घिमिरे लगायत कलाकारहरुको अभिनय रहेको म्यूजिक भिडियोको निर्देशन विनोद सुन्दाशले गरेका छन् । उक्त भिडियोको छायांकन भने मुकेश हुमागाईंले गरेका हुन् ।