कुनै समय नेपाली चलचित्र क्षेत्रमा राम्रै क्रेज बनाएकी नन्दिता केसीको अहिले चर्चा परिचर्चा शुन्य जस्तै छ । उनै, नन्दिताले अमेरिका पुगेर अभिनय गरेको एक चलचित्र युटुबमा सोझै रिलिज गरिएको छ । ‘अमेरिकन बाबु मेड इन नेपाल’ नामक चलचित्र सिधै युटुबमा रिलिज गरिएको हो ।
यो चलचित्रलाई इश्वर थापाले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता सबै नेपालबाहिर रहेको र वितरकसँग बारम्बार ताकेता गर्न नसकेका कारण सोझै युुटुबमा चलचित्र रिलिज गरिएको हो । चलचित्रको लगानीको ८० प्रतिशत अमेरिका र क्यानडाबाट उठिसकेको निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल लगायतको अभिनय छ । चलचित्रलाई राजेश गुरुङ, मन्जु राना, संझना उप्रेतीले निर्माण गरेका हुन् ।