विश्व नै एउटा कला हो । यो कलाले सबैलाई बुझ्ने गरी सन्देश दिन्छ वा रंगमञ्चको भाषा सबैले बुझ्ने र सबैको मन मस्तिस्कमा सजिलै डेरा जमाउने माध्यम हो । विश्वमा तीन हजार भन्दा धेरै भाषाभाषि प्रयोगमा रहेको भएपनि रंगमञ्चमा प्रयोग हुने कला अनि अभिनय प्रयोगमा भएका सबै बोलीचालिका भाषा भन्दा माथि हुन्छ । रंगमञ्चमा धेरै कुराहरु मञ्चन हुन्छन् र यसैको माध्यमले गर्दा समाजमा परिवर्तन ल्याउनका लागि सहज अनि सजिलो पनि हुन्छ । रंगमञ्चको माध्यमबाट समाजमा ल्याउने सकारात्मक परीवर्तनको कुनै तुलना नै हुदैन । रंगमञ्चको सुरुआतको कुनै तथ्य खोज्न तिर लाग्नु भन्दा पनि यसलाई दिवसको रुपमा कहिले देखि मनाउन थालियो भन्ने तर्फ सोच्दा सहज र सजिलो होला ।
मञ्च भन्दै गर्दा कुनै पनि प्रदर्शन गर्ने तथा भाषण तथा प्रस्तुती दिने स्थानलाई मानिन्छ । यस्ता धेरै मञ्चहरु मध्ये रंगमञ्च पनि महत्वपूर्ण स्थान हो । प्रत्येक वर्षको मार्च २७ तारिखमा विश्वभर रंगमञ्च दिवस मनाउने गरिन्छ । रंगमञ्च दिवस विश्वमा पहिलो पटक सन् १९६१ बाट सुरु भएको हो । रंगमञ्च दिवसका लागि युनेस्कोले मार्च २७ लाई रंगमञ्च दिवस मनाउने भनेर सन १९४८ मा घोषणा गरेको हो । तर दिवसको रुपमा मनाउनका लागि भने सन १९६१ सम्म पर्खनु परेको थियो । त्यसपछि भने प्रत्येक वर्ष मार्च २७ का दिन विश्वभर विभिन्न कार्यक्रम आयोजना गरेर समाजका विभिन्न अवयवहरुलाई मञ्चन गर्दै रंगमञ्च दिवस मनाउने गरिन्छ ।
कुनै पनि दिवस मनाउने क्रममा सबैले आ–आफ्नै प्रकारका विष्लेषण गर्ने गरेको भएपनि रंगमञ्च दिवस मनाउनु मुख्यतया विश्वभरका कलालाई प्रवर्धन गर्नका साथै कलाको महत्वलाई विश्वभर थप बढाउन तथा नृत्य अनि अभिनय लगायतका कलाको विधालाई थप फराकीलो बनाएर विश्व भरि महत्व दिलाउनु नै यस दिवसको मुल ध्यय हो । यस दिवस मनाउँदै गर्दा रंगमञ्च अनि कला र कलाकर्मीको महत्व अनि कला प्रतिको मोह बढ्ने अपेक्षा सहित यो दिवस मनाउन थालिएको हो । हुन न मानव जीवन पनि एउटा रंगमञ्च हो । आफ्नो जीवन बुझ्नका लागि रंगमञ्चलाई बुझ्न जरुरी छ । त्यसैले रंगमञ्च र जीवनलाई बुझ्नका लागि रंगमञ्च बुझ्नु नै उत्तम हुन्छ । रंगमञ्च दिवसको शुभकामना ।
Previous Articleप्रहरीद्वारा गाँजाका विरुबाहरु नष्ट
Next Article आन्दोलनको कुनै अर्थ छैन : मुख्यमन्त्री गुरुङ