नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’सहित ९ जनालाई अदालतले थप अनुसन्धानका लागि ८ दिनको म्याद दिएको छ ।
शनिबार बिहान पक्राउ परेका नेकपाका नेता सुदर्शनसहित ९ जनालाई आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइएको थियो । अदालतले उनीहरुलाई अर्को आइतबार उपस्थित गराउन आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश चुणामणि खड्काको इजलासले उनीहरुलाई ८ दिन थुनामा राखेर अनुसन्धान अगाडि बढाउन आदेश दिएको हो ।
उनीहरुविरुद्ध हातहतियार खरखजना तथा संगठित मुद्दा लगाइएको छ ।