बागलुङ, १४ कात्तिक – संविधान कार्यन्वयनको लागि दवाव र एमालेको अभियान आठौ जिल्ला अधिवेशनको लागि सिंगो पार्टी परिचालन भन्ने मूल नाराका साथ नेकपा एमाले बागलुङले सञ्चालन गरेको कार्यक्रम अन्तरगत शनिवार बागलुङ नगरपालिका वडा नं. ११ को सातौ वडा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनको उदघाटन गर्दैँ नेकपा एमाले पूर्व बैकल्पीक केन्द्रिय सदस्य तथा पूर्व उर्जा राज्य मन्त्री रामजी प्रसाद शर्माले एमालेका निति तथा कार्यक्रमले जनताको मन जितिसकेको वताए। उनले एमालेमा जनलहर छाएको वताउदै राष्ट्रियता र जनजिविकाको सवालमा एमालेको विकल्पप नरहेको वताए ।
कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले विश्वकै उत्कृष्ट संविधान विदेशीको दवावमा संशोधन हुन नसक्ने वताउदै सिमा र नागरिकता सवालमा फेरवदल हुन नसक्ने वताए । उनले पार्टीलाई सवल बनाउन एमालेले जिल्ला ब्यापी कार्यक्रम संचालन गरेको जानकारी दिए । कार्यक्रममा जिल्ला कमिटीका सदस्य नेत्र वहादुर विष्ट, धुव्र वहादुर केसी, भीमकुमारी आचार्य, महमद हुसेन, बाबुराज कार्की, क्षेत्रिय कमिटीका सदस्य ठाकुर जिसी, देवी शर्मा, वादल थापा, रमजान खाँ, नगर कमिटीका प्रकाश शर्मा, सागर शर्माा, श्याम प्रसाद शर्मा, सुशिला केसी लगायतले मन्तब्य राख्दै एमालेको अभियानलाई सफल पार्न आग्रह गरेका थिए । टिकाराम आचार्यको सभापतित्वमा समपन्न कार्यक्रमको स्वागत सुशिला केसीले र सञ्चालन गणेश प्रासद शर्माले गरेका थिए ।
अधिवेशनले टिकाराम आचार्यको अध्यक्षतामा २१ सदस्य नेकपा एमाले बानपा ११ वडा कमिटि गठन गरेको छ । कमिटीको उपाध्यक्ष लक्ष्मी शर्मा, सचिव गणेश प्रसाद शर्मा, उपसचिव ऋतिक शर्मा, सदस्यहरु खिमलाल जैसी, जित बहादुर कार्कि, हरि प्रसाद आचार्य, पोउ मायाँ पुन, निर्मला के.सी. , विक्रम श्रेष्ठ, धन बहादुर बोहोरा, ठाकुर बहादुर विष्ट, सिता कुमारी के.सी., मन कुमारी शर्मा, दल बहादुर गर्वुजा, रेखा शर्मा, हेडायत हुसेन(माइला), खड्क बहादुर जि.सी., दल बहादुर कार्कि, सरस्वती खत्री, सुशिला खड्का रहेका छन् ।
अधिवेशनले नगेन्द्र सुवेदी, तिलक बहादुर जि.सी., तिल कुमारी के.सी., तेज बहादुर कार्कि, राम बहादुर अधिकारी, रुद्रावति शर्मा, भिम बहादुर जि.सी. कर्ण बहादुर बोहोरा रहेका सल्लाहकार कमिटी गठन गरेको छ ।
Previous Articleशान्ति कोषले ९ बर्षमा २४ अर्ब रुपैयाँ खर्च गर्यो
Next Article आज देवकोटाको जन्मजयन्ती