प्रतिबन्धित विप्लव समूहका नेता हेमन्त प्रकाश वली पक्राउ परेका छन् । प्रहरीको विशेष टोली र काभ्रे प्रहरीको संयुक्त टोलीले शुक्रबार राति काभ्रेबाट उनलाई पक्राउ गरेको हो ।
नेता वलीसँगै अन्य आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वेद घिमिरे, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का, सन्जीव कार्की र विजय श्रेष्ठ रहेकाे प्रहरी जानकारी दिएको छ ।
चैत्र ४ गते वलीका सहयोगी सहित ४ जना पक्राउ परेका थिए । उनीहरुको सूचनाको आधारमा वली सहितलाई पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएकाे छ ।
रातोपाटीबाट