जिल्ला उसु संघमा आवद्ध खेलाडीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै होली पर्व मनाएका छन् । होलीको अवसरमा उसुको ट्रेनिङ स्थलमा जिल्ला उसु संघका कार्यवाहक अध्यक्ष अमृत बास्कुने, वि.सं. २०५५ सालमा म्याग्दी जिल्लाको प्रतिनिधित्व गर्दै धेरै खेलहरु खेलेका सुरेन्द्र अधिकारी उसुका प्रशिक्षक विकल कँडेल लगायतले खेलाडीहरुलाइ अबिर लगाएर शुभकामना दिएका थिए । लगत्तै सबै खेलाडीहरुले पनि सिनियर खेलाडीहरु तथा प्रशिक्षक एवम् कावा अध्यक्ष लगायतलाई अबिर लगाएर शुभकामना दिएका थिए ।
होलीको अवसरमा अबिरजात्रा गर्नुका साथै चक्लेट बितरण गरिएको थियो । होलीको लागि आवश्यक सामग्री उसु संघ म्याग्दीबाट ८ औं राष्ट्रिय खेलकुदका लागि प्रदेश स्तरीय छनौटमा सहभागी भएका खेलाडीहरुले व्यवस्था गरेका थिए ।