काठमाडौं, १४ कात्तिक – मध्यपहाडी राजमार्गमा १० नयाँ सहर निर्माण गर्ने सरकारी योजना कागजी प्रक्रियामै सीमित बन्न पुगेको छ । ०९० भित्र कम्तीमा एक लाख जनसंख्यासहितका १० वटा नयाँ सहर विकास गर्ने कार्यक्रम ल्याएको ६ वर्ष पूरा गरेको छ ।
आयोजनाको अहिलेसम्मको प्रगति उत्साहजनक नभएको नयाँ सहर आयोजनाका कायममुकायम निर्देशक चक्रवर्ती कंठले बताए। अहिलेसम्म आयोजनाको भौतिक कामको प्रगति ५ प्रतिशत पनि काम भएको छैन । ‘आयोजनाको समग्र प्रगतिलाई १० प्रतिशत मान्न सकिन्छ,’ निर्देशक कंठले बताए ।
आर्थिक वर्ष ०६७-६८ देखि शुरु भएको यस आयोजनाका लागि अहिलेसम्म कुल २ अर्ब १ करोड ५४ लाख रुपैयाँ विनियोजन भएको छ । त्यसमध्ये अहिलेसम्म कुल ४७ करोड ७८ लाख रुपैयाँ मात्र खर्च भएको छ ।
यो विनियोजित बजेटको २३ दशमलव ७१ प्रतिशत हो । आयोजना थालिएको पहिलो २ आर्थिक वर्षमा कार्यक्रमको नाम र बजेट छुट्टै भएकाले बजेट र खर्च नदेखिएको आयोजना कार्यालयले जानकारी दिएको छ ।
आयोजना तर्जुमाको क्रममा रहेको, कार्यालय भर्खर मात्र स्थापना भएको र शुरुमा कागजी काममा मात्र बजेट खर्च हुने भएकाले अपेक्षित बजेट खर्च हुन नसकेको नयाँ शहर आयोजना कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै, आर्थिक वर्ष ०७१-७२ सम्म पनि आयोजना हेर्ने छुट्टै कार्यालय थिएन । डिभिजन कार्यालयअन्तर्गत नयाँ शहरको काम हुने गरेको थियो । ‘यसकारण पनि यी आयोजनाले प्रयाप्त प्राथमिकता पाउन सकेनन्’ कायममुकायम निर्देशक कंठले भने ।
कहाँ पुग्यो मध्यपहाडी राजमार्गमा नयाँ सहर बनाउने योजना
Previous Articleराष्ट्रपति मुखर्जीको पोखरा घुम्ने कार्यक्रम स्थगित
Next Article शान्ति कोषले ९ बर्षमा २४ अर्ब रुपैयाँ खर्च गर्यो