बजारलाई व्यवस्थीत तथा उपभोक्ताहरुको हितमा रहेको नरहेको भन्ने उद्देश्यले शुक्रबार बेनी बजार अनुगमन गरीएको छ । जिल्ला प्रसासन कार्यालय म्याग्दीको अगुवाईमा भएको अनुगमनमा सरोकारवालाहरुको पनि सहभागिता रहेको थियो ।
बेनी बजारका २८ वटा पसल तथा डेरीको अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए । उनका अनुसार उपभोक्ताको हितलाई मध्यनजर गर्दै म्याद गुज्रिएका सामाग्री विक्री वितरण भएको छ या छैन भन्ने विषयमा बुझ्नका लागि पनि बजार अनुगमन गरिएको हो ।
बिना दर्ता व्यवसाय सञ्चालन गरेको, म्याद गुज्रिएको सामाग्री बिक्री बितरण गरेको, मूल्य सूचि नराखीएको पाइएकाले त्यस्तालाई मूल्य सूचि राख्न र दर्ता प्रकृयामा जानका सात दिनको समय दिएको थियो भने एक्सपायर भएको सामाग्री जफत गरीएको थियो ।
Previous Articleरुप्सेमा साहित्यिक भेटघाट
Next Article मोदीको नयाँ अभियान म पनि चौकिदार