बेनी नगरपालिका–२ सानालेखको लेक साइड युवा क्लबले आयोजना गरेको महाशिवरात्री मेला तथा विविध खेलकुद एवम् साँस्कृतिक कार्यक्रम सकिएको छ ।
कार्यक्रममा आयोजित साविकको ज्यामरुककोट गाविस अन्तरगतका वडा स्तरीय भलिबल प्रतियोगितामा वडा नम्बर ७ फापरखेत प्रथम भएको छ भने वडा नम्बर २ गौंश्वारा दोश्रो भएको छ । त्यस्तै खुल्ला भलिबल प्रतियोगितामा लेखसाइड युवा क्लब पहिलो, भकुण्डे दोश्रो र काठेखोला युवा क्लब काठेखोला तेश्रो भएका छन् ।
उक्त अवसरमा आयोजित छेलो प्रतियोगितामा तिलबहादुर नेपाली पहिलो भएका थिए । पुरुष लाठो तान्ने प्रतियोगितामा लेखसाइड युवा क्लब पहिलो, प्रतिभा युवाक्लब फापरखेत दोश्रो भएको थियो भने महिला तर्फ परिवर्तनशिल आमा समूहको दुई वटा टोलीले पहिलो र दोश्रो स्थान हासिल गरेका थिए ।
खुल्ला एकल नृत्यमा सानालेखकी सपना थापा पहिलो र भकुण्डेकी सिम्रन विकले दोश्रो स्थान हासिल गरेका थिए । महिला अधिकार सम्बन्धी रत्यौली प्रतियोगितामा हरियाली आमा समूह तमाने पहिलो र परिवर्तनशिल आमा समूह सानालेख दोश्रो भए ।
सानालेखमा आयोजित विविध कार्यक्रमको अवसरमा साविकको ज्यामरुककोट गाविस हाल बेनी नगरपालिका –२ अन्तरगतका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । क्लबले भीमप्रसाद शर्मा र भद्रकली सुवेदीलाई सम्मान गरेको थियो ।
सामजिक सेवामा समे सक्रिय युवा क्लबले स्थानिय नवदुर्गा आधारभूत विद्यालयका जेहन्दार विद्यार्थीलाई छात्रबृत्ती प्रदान गर्ने, बेनपा बगफाँटको सरस्वती आधारभूत विद्यालयमा आश्रय लिएकी जमुना सुनारलाई नगद पाँचहजार, माटोखन्ने क्रममा पुरीएर मृत्यु भएकी फापरखेतकी कल्पना बोहोराको परिवारलाई पाँच हजार रुपैंया आर्थिक सहयोग र बेनपा–२ गौश्वाराका भद्रबहादुर किसानलाई जनही पाँचपाँच हजार रुपैंया प्रदान गर्ने भएको छ ।
त्यस्तै क्लबको अगुवाईमा भएको खेलमैदान निर्माणमा सहयोग गर्ने विभिन्न सहयोगी दाताहरुलाई सम्मान गर्नुका साथै उत्कृष्ट खेलाडी तथा अन्य व्यक्तीत्वहरुलाई समेत सम्मान गरिएको हरिकृष्ण शर्माले बताए ।
Previous Articleसेलिब्रिटीको गोप्य तस्बिर
Next Article मिलनचोकमा प्रभावकारी अभिभावकत्व विषयक अन्तक्रिया