नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरु म्याग्दी आउने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा म्याग्दीको बेनी आउने भएका हुन् ।
उनीहरु नेपाली कांग्रेसका जिल्ला कार्यसमिति म्याग्दीकोे कार्यालय ‘वि.पी. स्मृति भवन’ उद्घाटन गर्न आउने कार्यक्रम रहेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीरले जानकारी दिए । पार्टीको शीर्ष नेताहरु म्याग्दी आउनु जिल्लाका लागि राम्रो अवसर भएको बताए । पूर्व प्रधानमन्त्रीसहित प्रभावशाली नेताहरुलाई म्याग्दी ल्याउन केही समयदेखि हामीले तयारी गरिएको हुँदा तीनै जनाको अहिले समय मिलेकाले उनीहरु एकैपटक म्याग्दीमा आउन लागेको सभापति गर्बुजाले बताए ।
फागुन २५ गते हुने विशाल आमसभा तथा नेपाली कांग्रेसको कार्यालय उद्घाटन कार्यक्रमको प्रचारप्रसार तीव्र बनाइएको जिल्ला कार्यसमितिका सहसचिव तथा कार्यक्रमको प्रचारप्रसार संयोजक भरतबहादुर रकालले जानकारी दिए । उनका अनुसार प्रचारप्रसारका लागि विभिन्न ठाउँमा पर्चा, पम्प्लेटहरु टाँसिएको र कांग्रेसका सबै भातृ संस्थाहरुलाई समेत खबर गर्न आह्वान गरिएको छ ।
नेपाली कांग्रेस म्याग्दीले २०६९ सालमा म्याग्दीको सदरमुकाम बेनीको सङ्गमचोकमा ५१ लाख ३७ हजार सातसय ५० रुपैयाँमा जग्गा खरिद गरी दुई वर्षमा भवन निमार्ण गरेको थियो । २९ लाख ५९ हजार चारसय २५ रुपैयाँको लगानीमा भवन निमार्ण गरिएको जिल्ला कार्यसमितीका कोषाध्यक्ष टंक हमालले बताए । बालमन्दिरचोकमा आफ्नो कार्यालय राखेको कांग्रेसले एकवर्ष अघिबाट नवनिर्मित भवनबाटै आफ्नो सचिवालय सञ्चालन गरेको जनाएको छ ।
Previous Articleनेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा
Next Article बालमन्दिरमा नवनिर्मित विद्यालय भवनको उद्घाटन