नेपाली राजनीतिक धरातलका चम्कीला नक्षत्र रविन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा निधन भए पछि उनले गरेका काम र गर्नका लागि थालनि गरेको कामहरुको बारेमा चर्चा हुनु त स्वभाविक हो । तर कुनै पनि नागरिकले आफूले गरेका कामहरुको बारेमा आफैले भन्दा पनि अरुले पछि चर्चा गर्ने नै हो । त्यसैले उनले गरेका काम अनि उनले छाडेर गएका योगदान अनि कामका लागि भएको थालनिहरुको बारेमा पनि थाहा पाउनै जरुरी छ । राजनीतिक क्षेत्रमा उनको योगदानको चर्चा त अहिले पनि भै रहेको नै छ उनी कुसल राजनीतिज्ञका साथै साहित्य एवम् अन्य लेखनमा पनि त्यत्तीकै पोख्त थिए । रबिन्द्र अधिकारीको राजनैतिक उचाइ थियो भन्नेमा दुइमत छैन भने उनले लेखेका पुस्तक र गित संगित अनि साहित्यमा पनि उनको लगाब उल्लेख्य थियो नै ।
नेपथ्य ब्याण्डले बजारमा ल्याएको जोमसोमै बजारमा १२ बजे हावा सरर बोलको गितको रचनाकार समेत थिए रविन्द्र अधिकारी । अहिले पर्यटन मन्त्री हुँदाको बखत उनले नयाँ विमानस्थल निर्माण गर्ने देखि लिएर पुराना बन्द रहेको बिमानस्थललाई सञ्चालनमा ल्याउनका लागि उनको पहलकदमी निकै राम्रो थियो । त्यही जोमसोमै बजारमा बोलको गितमा भनेको शब्द त्यो डाँडा ढाक्यो कुहिरोले भन्ने टुक्काले नै अहिले उनलाई पनि लग्यो अर्थात् कुहिरोका कारण हेलिकोप्टर भिरमा ठोक्कीएर निधन भयो । युरोपियन युनियनले नेपाली हवाइ क्षेत्रलाई कालोसूचिमा राखेकोमा त्यस सूचिबाट हटाउनका लागि पहल गरिरहेका उनी हवाइ यात्राकै क्रममा निधन भयो ।
विभिन्न प्रकरणहरु आउँदै गर्दा वाइडबडी जहाजको प्रकरणमा उनलाई पनि मुछ्ने काम गरे नेपालका विग मिडीयाहाउसहरुले तर उनलाई त्यसमा मुछ्न लायक थियो थिएन पत्तो भएन । तर समयले पक्कै देखाउने छ । वाइडबडीमा शेरवहादुर देउवाको नाउ आउँदासाथ त्यो साम्य भयो तर पनि त्यो प्रकरणमा रविन्द्रलाई हुल्न हुन्थ्यो हुँदैनथ्यो समयले पक्कै देखाउनेछ । सांसद योगेश भट्टराईले भने जस्तै पाथीभरा क्षेत्रमा राम्रो मौसमका समयमा समेत ५ जना भन्दा धेरै यात्रु उडान गर्न नमिल्ने भए पनि भिआइपी सहित ७ जना किन राखियो भन्ने सवाल पक्कै गम्भीर छ । योगेशले उठाएको सवालको बारेमा कम्तिमा पनि अनुसन्धान हुनै पर्छ र सत्यतथ्य बाहिर निकाल्न पर्छ नै । हुन त राजदरवार हत्या काण्ड जस्ता चर्चीत घटनाको त कुनै तथ्य बाहिर आउन सक्या छैन भन्नेहरु पनि धेरै छन् । जे होस सम्झनामै मात्र बाँकी रहेका रबिन्द्र प्रति सम्झना ।