हेलचेक्रयाइँ भन्नाले कर्ताले स्वीकृत मापदण्ड अनुसार काम नगरी असावधानी पूर्वक काममा होमिनुलाई बुझाउछ । यसमा कर्ताले काम गर्दा अनआवश्यक सुझबुझ र सावधानीका साथ सम्पन्न गरेको हुन्छ । नेपालमा कंपनीसँग सम्बन्धीत विषयहरु‚ डाक्टर‚इन्जिनियर तथा अन्य पेशाकर्मीसँग सम्बन्धित विषयहरुमा हेलचेक्राइँको सम्वन्धमा देवानी दावी गरी मुद्दाहरु आउने गरेको पाइन्छ । व्यक्तिले गर्नुपर्ने काम नगरेमा अर्थात नगर्नु पर्ने काम गरेको अवस्था बढी पाइन्छ । हेलचेक्राइँलाई सुत्रवत रुपमा हेर्दा हेलचेक्रइँ = इच्छाशक्तिको अनउपस्थिति + खतरा नदेख्नु + होसियारीको अनउपस्थिति + असावधानीपूर्वक काममा होमिनु + काम भए =हेलचेक्राइँ हुनु । आपराधिक काम सम्पन्न नभएमा दर्घटना हुनु । वास्तवमा कर्ताले के गर्नु पर्थ्यो के गर्नु हुदैनथ्यो भन्ने आधारमा दोषी गढाउ गर्ने परिस्थिति नै हेलचेक्राइँ हो । यहाँ प्रतिवादीको तर्फबाट हेर्दा त्यो काम गर्नु पर्ने अवस्था थियो भने त्यो कदापी हेलचेक्राइँ हुन सक्दैन । प्रतिवादी त्यो काम गर्न असक्षम थियो भन्ने देखिनु आवस्यक छ । यदि प्रतिवादी त्यो काम गर्नै असक्षम छ भने निजको काम गराइमा सावधानी पुग्ने अवस्था नै रहदैन । सावधानी नै नपु-याउँने मान्छेले कानून बमोजिम त्यस्तो काम गर्नु हुदैन । यस्तो अवस्थामा कुनै व्यक्ति काम गर्न जान्छ र काम गराइमा गल्ती भएमा त्यसको जिम्मेवार समेत वहन गर्नु पर्छ । हेलचेक्राइँ भनेको विनाफिक्रीको दिमागी अवस्था हो । अभियुक्तले गरेको बेमुनासिब र समाजले निर्धारण गरेको मापदण्ड भन्दा तल्लो स्तरमा झरेर काम गरे वापत दोषी हुने हो । दोषी हो वा होइन भन्ने सम्बन्धमा एक काल्पनिक सामान्य समझ भएको मानिस प्रतिवादीले गरेको काम प्रतिवादीकै स्थाकनबाट उभिएर हेरी यकिन गरिने कुरा हो । यदि अन्य ब्यक्तिले पनि प्रतिवादीले गरे सरहको काम गर्ने थियो भने प्रतिवादी हेलचेक्राइँको दोषी हुनु पर्दैन । न्यायाधिशले अभियुक्तको दिमागी हालतमा प्रवेश गर्नु पर्दैन । सबै अभियुक्तको क्रियाकलापको निष्कर्षबाट यकिन हुन्छ । यसमा बस्तुगत परिक्षाको नियम पनि लागु हुन्छ । हरेक परिस्थितिमा काममा हेक्का हुन्छ । कानूनी काममा नभई कसैलाई पनि हेलचेक्राइँमा सजाय गर्न मिल्दैन । प्रत्येक मुद्दामा हेक्का फरक फरक हुन्छ । उदारणको लागि नाङ्गो हात सडकमा हिड्नु भन्दा लाठी लिएर हिड्नु बढी हेक्का हुन्छ । त्यस्तै लाठी लिएर हिड्नु भन्दा फलामको रड लिएर हिड्नु अझ बढी हेक्का राख्नु पर्ने मापदण्डलाई अदालतले सम्परिक्षण गर्ने हो । यदि हेलचेक्राइँको मुद्दामा अभियुक्त दोषी देखिएन भने दुर्घटना हुन पुग्दछ । हेलचेक्राइँ ३ किसिमका हुन्छन । हेलचेक्राइँ सामान्य खालको छ भने सामान्य हेलचेक्राइँ हुन्छ ।यदि दुवै पक्षको योगदानबाट काम भएको छ र दुवै पक्षलाई घाउचोट लागेकोमा त्यो आघात हेलचेक्राइँ हुन्छ । उच्च स्तरको हेलचेक्राइँमा अपराध र दुष्कृत दुवै विषय हुन सक्छ । पिडितलाई क्षतिपूर्ति भराउने नभई सजाय भोगाउने उद्देश्यले अभिप्रेरित खालको उच्च स्तरको हेलचेक्राइँ हुन्छ ।
वास्तवमा मानिसले काम गर्दा अपनाउने प्रक्रियामा सजगताको अवस्था र सावधानीको अवस्था के कस्तो हो भन्ने कुरा हेरिने हो । फौजदारी विधिशास्त्रले हेलचेक्राइँबाट भएको आपराधिक कार्यमा आपराधिक दायित्व आउने कुरामा सामान्य‚ गम्भिर र योगदान स्वरुप दायित्व आउने कुरा बताए पनि यी दायित्वहरु के कस्ता हुन्छन र कसरी आउछन तिनीहरुको अवस्था र परिस्थिति कस्तो हुन्छ भन्ने कुरा प्रत्येक मुद्दाको तथ्यहरुमा भर पर्ने कुराहरु हुन । सजग मानिसले पु-याउनु पर्ने होस वा ध्यान नपु-याइ गरेको कामलाई सामान्य रुपमा लिइन्छ । पिडितकै योगदानबाट हुने हेलचेक्राइँ जस्तो दुर्घटना वा कुटपिटबाट घाइते भएकोमा उपचारै नगरी बसेको कारण मृत्यू हुन गएमा पिडितमा हेलचेक्राइँको दायित्व आउने मानिन्छ । गम्भिर हेलचेक्राइँ अन्तर्गत सेक्यूरिटी गार्डले आफ्नो रोजगारदातालाई सुरक्षा दिने काम गर्न नसक्नु‚गोदाम हेर्नेले हाकिमको आदेश बिना गोदामको सामान बिक्री गरी कमसल सामान ल्याई राखिदिनु जस्ता कामहरु पर्दछन् ।
हेलचेक्राइको क्षेत्र र अवस्था खास गरेर मुद्दामा आउने कुरामा भर पर्ने हुन्छ । आजको मानिसमा जसरी हरेक क्षेत्रमा दायित्वहरु बढेको अबस्थामा यसको क्षेत्र पनि विस्तारित हुदै गएको पाइन्छ । हरेक पेशा‚व्यवसाय‚उद्योगधन्दा‚रोजगारी तथा प्रत्येक मानिसको व्यवहार र कारोवारमा हेलचेक्राइँलाई केलाउन थालिएको छ ।यसको क्षेत्र यतिनै भनि एकिन गर्न सक्ने अवस्था पनि छैन । अदालतले पनि न्याय सम्पादन गर्दा वा दायित्व भराउदा यसको क्षेत्र अझ विस्तार गरिदिने गरेको पाइन्छ । सिद्धान्तकै कुरा गर्दा हेलचेक्राइँमा कल्पना नै नगरेको परिणाम पर्याप्त सावधानी नअपनाएको कारणबाट आउछ ।असावधानीको कारण थाहा नै नभई एक्कासी हुने कुरा हो ।
हेलचेक्राइँलाई विस्तारित रुपमा हेर्दा प्रत्येक गल्ती वा निषिद्ध काममा कुनै न कुनै दोषी दिमागी अवस्था विद्देमान रहन्छ भने हेलचेक्राइँमा पनि मनसाय तत्व रहन्छ । स्वीकृत मापदण्डभित्र प्रतिवादीले काम गरेको छ वा छैन र त्यो काम गर्न सक्ने क्षमता वा अनुभव समेत प्रतिवादीमा छ वा छैन भन्ने कुरा हेरिन्छ । यसमा असावधानी पूर्वक काम गरेको वा जति सावधानी अपनाउनु पर्ने थियो त्यती नअपनाई काम गरेको भन्ने आक्षेप भएमा त्यहाँ असावधानिको स्तर मापन गरिन्छ । यसमा काम गर्ने क्षमता भएको र सचेतका साथ काम गर्दा पनि सोच्दै नसोचेको परिणाम भए वा आएमा कर्ता दोषी हुदैन । किनकी कर्ताको काम गर्ने क्षमता पनि छ र सचेतताका साथ काम गरेकोमा दायित्व आउदैन । त्यसैले यसमा सावधानी कर्ताको प्रतिरक्षाको आधार हुन्छ । यस विषयमा अदालतले सापेक्ष दायित्व अन्तर्गतका कसूरहरुमा मनसाय तत्व के हो र यो कस्तो अवस्था र परिस्थितिमा कसरी देखिने हुन्छ भन्दै मुद्दाहरुमा व्याख्या तथा विश्लेषण गर्दै लगेको देखिन्छ । दोष बराबरको अनुपातिकि दायित्व नै सापेक्ष दायित्व हो । यस्तो परिस्थितिका मुद्दामा मनसाय‚ज्ञानयुक्त अवस्था‚लापर्वाही र हेलचेक्राइँपूर्ण दोषहरु के कस्ता छन र तिनमा के कस्तो दायित्व वरण गराउनु पर्ने हो भन्ने ध्येयले मुद्दालाई हेर्नु सापेक्ष दायित्वको सिद्धान्त हो । के कुन अवस्थामा यी कुराहरु कसरी आएका हुन सो समेत पुष्टी हुनुपर्छ । तिनीहरुलाई छुट्टाउने आधारहरु के के हुन सक्छन भन्ने सन्दर्भमा अदालतले ब्याख्या गरेको पाइन्छ । त्यसैले हरेक सापेक्ष दायित्व अन्तर्गतका अपराधमा मनसाय तत्वका बारेमा अदालतले प्रत्येक मुद्दाहरुमा आएका तथ्यहरुलाई व्याख्या विश्लेषण गरिदिने गरेकाले यसको स्वरुप यस्तै छ भनि भन्न सकिने अवस्था छैन । मुद्दामा दोषी गढाउको सन्दर्भमा यसलाई तन्काउने र विस्तृत रुपमा बढाउने काम देखिन्छ । यसको सीमा निर्धारण गर्न गाह्रो छ । केही प्रतिनिधीको रुपमा मात्र उल्लेख गर्ने प्रयास गरेको हुँदा सबै कुराहरु हेर्न त प्रत्येक मुद्दाहरुलाई केलाएर अर्थ वरण गर्नु पर्ने देखिन्छ ।
स्रोत: मुलुकी अपराध संहिता (लेखक: केदार दाहाल), सहयात्रा नेपाल पब्लिकेशन
प्रतिक्रियाका लागि: ९८५७६२६७१८