आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनौट प्रतियोगितामा म्याग्दीले बुधबार बेलुका सम्म १ स्वर्ण २ रजत र १ कास्य पदक हात पारेको छ । म्याग्दीका शुशिल श्रेष्ठले स्वर्ण पदक हात पार्दा मिलन थापा र दिपिका राइले रजत पदक हात पारेका छन् । त्यस्तै अभिशेक बानियाँले कास्य पदक हात पारेका छन् ।
चितवनको भरतपुरमा जारी प्रतियोगितामा म्याग्दीका अनिश अर्मजा र अबिस्ना शाही फाइनल प्रवेश गरेका छन् । १६ गते हुने फाइनलमा म्याग्दीको मेडल सम्भावना उच्च रहेको उसु संघ म्याग्दीका प्रशिक्षक बिकल कँडेलले बताए । हामी जित्नका लागि आएका हौं र हाम्रा खेलाडी जित्न चाहन्छन् कँडेलको बनाइ छ।