चितवनमा जारी गण्डकी प्रदेश स्तरीय उसु छनौट प्रतियोगितामा म्याग्दीले बुधबार एक रजत पदक जितेको छ । फागुन १३ देखि चितवनमा सञ्चालन भै रहेको राष्ट्रिय खेलकुद प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय छनौटमा म्याग्दीका मिलन थापाले रजत पदक जितेका हुन् ।
यस भन्दा अगाडी म्याग्दीका शुशिल श्रेष्ठले स्वर्ण र दिपिका राइले रजत पदक जितेका थिए । अहिले सम्म म्याग्दीले १ स्वर्ण र २ रजत जितेको छ भने म्याग्दीका सुरज पौडेल अबिस्ना शाही र अभिशेक बानियाँ सेमी फाइनल पुगेका छन् ।