
आजभोली चाइनाको मोबाइल र फेसबुकको प्रेम एउटै हो भनिन्छ। फेसबुकमा भेटिएको प्रेम चाइनाको मोबाइल जस्तै दिगो नहुने मान्यता रहदै आएको बेला एक पाकिस्तानी प्रेमिका आफ्नो नेपाली प्रेमीसंग बिहे गर्ने नेपाल आइपुगेकी छिन ।
प्रेम को न जात हुन्छ न धर्म भन्ने प्रमाणित गर्दै उनले जन्म दिने आमाबुवा घर-परिवार र देशलाइ भुलेर नेपाल आएकि छिन । २२ बर्षिय अमना सफिक पाकिस्तान रवालपिण्डी पन्जाब प्रान्तकि हुन्।
बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालत आइतबार दर्ता विवाह गरेका छन् ।
पाकिस्तानको रावलपिण्डीमा ‘आइटी इञ्जिनीयरिङ’ अध्ययनरत सफिकले सामाजिक सञ्जालमार्फत आचार्यस“ग सम्पर्कमा आएपछि नेपाली भाषा समेत सिकेर विवाह गरेका हुन ।
दुईवर्ष अघिदेखि चिनजान भएपछि उनले नेपाली भाषा समेत सिक्न थालेकी थिइन । नेपालको ग्रामीण बासिन्दा झै बोल्न र लेख्नसक्ने भएपछि उनले विवाहका लागि तयारी भएको बताएका थिइन ।
विवाहमा आचार्यका बाबु टीकाराम र आमा डिलमाया अदालतमा उपस्तित भएका थिए । केटीका तर्फभने अभिभावक नभए पनि उनले पाकिस्तानी नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र केही समयदेखि बागलुङ नगरपालिका–१२ को अमलाचौरमै अस्थायी बसोवास गरेको सिफरिस लिएर विवाहका लागि दिवेदन दिएकि थिइन । सफिकले पाकिस्तानी बाबुआमास“ग पनि सहमति लिएको बताइन ।
मुलुकी देवानी संहिता २०७४ को दफा ७७ बमोजिम दर्ता विवाह गर्न मञ्जुर भए न्यायाधीशले विवाह गराइदिनसक्ने व्यवस्था अनुसार सो विवाह गराइएको अधिवक्ता तिलकबहादुर रिजालले बताए ।
‘अदालतमा रितपूर्वको निवेदन दिएपछि सबै प्रक्रिया पु¥याएर विवाह गराइदिएको हो’ न्यायाधीश प्रकाशप्रसाद पण्डितले भने, “फरक धर्म र संस्कृतिलाई समाजले पनि स्वीकारेको यो नौलो घटना हो ।”
कानूनी रुपमा बलियो बनेर उनीहरुले औपचारिक विवाह गरेको विवाहमा सम्लग्न न्यायाधीश पण्डितले बताए। मुस्मिल बुहारी स्वीकार्न सक्ने अभिभावकको उदारताकोे उनले प्रशंसा गरे । पाकिस्तान वा अन्य मुस्मिल देशमा विवाह गरेको भए धर्म परिवर्तन अनिवार्य मानिन्थ्यो ।
धार्मिक बाधा के होला ?
नेपालमा हिन्दु महिला वा पुरुषले जुनसुकै धर्ममा विश्वास गर्नेहरुसंग विवाह गर्दा सामाजिक रुपमा असहज भएतापनि कानुनी रुपमा गैरकानुनी मानिदैन तर पाकिस्तानमा भने त्यो कुरा फरक छ । पाकिस्तानी कानुन अनुसार मुस्लिम पुरुषले गैरमुस्लिम संग विवाह गरि धर्म परिवर्तन गराउन छुट छ तर महिलाहरुलाई भने गैरमुस्लिम पुरुषहरु संग विवाह गर्न प्रतिबन्ध लगाईएको छ।