उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–५, झिँमा शुत्रबारदेखि सञ्चालित अन्तर माध्यमिक विद्यालयस्तरीय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा मावि पिप्लले जितेको छ । गाउँपालिकको आयोजनामा विद्यालयस्तरमा लुकेका प्रतिभालाई उजागर गर्न आयोजित प्रतियोगितामा रघुगंगाले १० स्वर्ण, ५ रजत र ४ कास्यपदक जित्दै रनिङ शिल्ड आफ्नो पोल्टामा पारेको छ ।
त्यस्तै रघुगंगा गापा–२, भगवतीस्थित मुक्तिधाम माविले ५ स्वर्ण, ४ रजत र ४ कास्यपदक जित्दै दोस्रो स्थान सुरक्षित गरेको छ भने महेन्द्र मावि झिँले ३ स्वर्ण, २ रजत र ६ कास्यपदक जितेको र शिक्षा शाखाका संयोजक बालकृष्ण उपाध्यायले बताए । उनका अनुसार प्रतियोगिताको प्रमुख आकर्षक मानिएको भलिबल अन्तरगत छात्रतर्फ मुक्तिधाम मावि प्रथम, ज्ञानोदय मावि द्वितीय र रघुगंगा मावि तृतीय भएका छन् । त्यस्तै छात्रातर्फ अमर मावि पाखापानी प्रथम, रितुङ मावि कुईनेमङ्गले द्वितीय र महेन्द्र मावि झिँ तृतीय भएका छन् ।
भलिबल र एथ्लेटिक्स खेलको २४ वटा विधामा प्रतिस्प्र्धा हुने प्रतियोगितामा ९ वटा माध्यमिक र १ वटा आधारभूत विद्यालयले सहभागिता जनाएका थिए । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, शिक्षा विकास तथा समन्वय इकाइका विश्वप्रकाश रेग्मी, पुराना खेलाडी मिन पाईजा लगायतको उपस्थिती रहेको यिथो । जिल्लाका सबै स्थानीयतह स्तरीय राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता समापन भएको छ ।
जिल्लामा एक नगरपालिकासहित पाँचवटा गाउँपालिकाले प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको समापनसँगै सामुदायिक विद्यालयले वार्षिक परीक्षालाई केन्द्रित गरी गर्ने जनाएका छन् । जिल्लास्तरीय हुने प्रतियोगिता यस वर्षदेखि स्थानीय तहस्तरीय भएकाले पनि पहिलो अनुभव भएको बताउँदै आगामी वर्ष थप व्यवस्थित गर्ने गाउँपालिका अध्यक्ष भण्डारीले बताए । उनले खेल प्रतिभालाई गाउँपालिकाबाट आवश्यकता अनुसार प्रोत्साहनका कार्यहरुलाई प्राथमिकता दिइने बताएका छन् ।
Previous Articleप्रवासी नेपाली एकता मञ्च ओमानले मनायो २४ औं जनयुद्ध दिवस
Next Article विद्यार्थीलाई बुद्ध शिक्षा दिलाउन हाजिरीजवाफ