बेनीमा भएको गण्डकी प्रदेश स्तरिय ब्याडमिन्टर प्रतियोगितामा सकिएको छ । बेनीमा सकिएको प्रतियोगिताको पुरुष तर्फ बाग्लुङका विवेक जिसी पहिलो भएका छन् भने महिला तर्फ कास्कीकी पुनम गुरुङ्गले पहिलो स्थान हासील गरेकी छिन् ।
मध्यपशिच्मको नेपालगञ्जमा हुने आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताकालागी प्रदेशबाट पुरुष तर्फ कास्कीका विधान अधिकारी दोस्रो र भुगोल गुरुङ्ग तथा विशाल खड्का तेस्रो भएर राष्ट्रियका लागि छनौट भए । त्यस्तै बागलुङका राजिन खड्का, म्याग्दीका सुरेन्द्र हमाल र नवलपुरका केवल श्रेष्ठ राष्ट्रिय प्रतियोगिताकालागी छनौट भए ।
त्यसैगरी महिला तर्फ कास्कीकी यामकुमारी गुरुङ्ग दोस्रो र कास्कीकै प्रजिता गुरुङ्ग, सुनिता पौली संयुक्त रुपमा तेस्रो भए । कास्कीकै अन्तरा राना पनि छनौट भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ ।
प्रतियोगितामा ११ जिल्लाबाट ३८ जना पुरुष र महिला तर्फ २० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।