म्याग्दीमा विभिन्न स्थानमा रहेका एनसेलका चार वटा रिपिटर टावरमा आगोले क्षति पुगेपछि एनसेलको मोवाईल सेवा अवरुद्ध छ ।
एनसेलको बेनी नगरपालिका, ३ भकिम्ली सेले, मंगला गाउँपालिका, ३ बरंजा झाँक्रेपानी, रघुगंगा गापा, ५ झिंको टोड्के र मालिका गापा, १ निस्कोट स्थित रिपिटर टावरमा शुक्रबार राती आगोलागेर क्षाती भएपछि समस्या भएको प्रहरीले जनाएको छ ।
‘शुक्रवार राती जिल्लाका छुट्टाछुट्टै चार स्थानका एनसेल टावरमा आगो लगाई क्षति पुर्याएकोले संञ्चार सम्पर्क विच्छेद भएको छ’ जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रहेका प्रहरी निरिक्षक लोकबहादुर गुरुङ्गले भने, ‘बिप्लब नेतृत्वको माओवादीले आगो लगाएको आशंका छ, खोजी र अनुसन्धान भैरहेको छ ।’