हाम्रो समाजको बारेमा धेरैले धेरै चर्चा गर्ने गरेको भए पनि यथार्थ भनेको हामी सामाजिक प्राणी हौं र हामी समाजमा मिलेर बस्न पर्छ । कुनै पनि मानिस समाज स“ग अलग भएर बस्न सक्ने प्रसंग पनि हु“दैन भने अन्य कुरा सोच्न सकिएला नसकिएला । कुनै पनि मानिसले समाजका लागि के गर्नु पर्ने र समाजमा मिलेर बस्न सकिएन भने के होला भनेर पक्कै पनि सोचेको हुन्छ र सोच्नै पर्ने हुन्छ पनि । जव कोही मानिस समाज भन्दा फरक हुन खोज्छ वा समाजले पहिला देखि मान्दै आएको कार्यमा वाधा व्यवधान गर्छ उसलाइ त समाजले पक्कै पनि स्वीकार गर्दैन नि । विश्वको परिस्थिति हेर्ने हो भने विगत २० वर्षकै समाजको परिवर्तन नै पनि निकै तिब्र गतिमा भएको छ । २० वर्ष अगाडी हुने चिज अहिले अस्वीकार्य छ भने त्यस समयको अस्वीकार्य चिज अहिले समाजका स्वीकार्य चिज बनेको छ ।
कसैले पनि यो कुरालाई दोहो¥याई रहनु पर्दैन कि मानिस एउटा सामाजिक प्राणी हो भनेर । मानिसका क्रियाकलाप, जन्ममरण, आ“शु, हा“सो अनि ऐश्वर्य लगायत कुनैपनि कुराको समाज बाहिर कुनै महत्व छैन् । समाज मानवको आधारशिला हो, र संभवत मानवजगतको पहिलो र आधारभुत सामाजिक आविष्कारनै समाज हो । मानिस मात्र होइन कुनै पनि जनावर तथा जिव जन्तु पनि सकेसम्म समूहमानै बस्छन् त्यो पनि त सामाजिक आस्थाको एउटा खुड्कीलो भनेर मान्न सकिन्छ । जब कुनै पनि मानिस समाज भन्दा अलक बन्न चाहन्छ उसको आविस्कार नै अबमूल्यन हुन्छ अर्थात् समाज नै अबमूल्यन हुन्छ । समाजशास्त्रीहरुले आ–आफ्नै तबरले ब्याख्या गरेको भएपनि समाज आफ्नै तरिकाले परिवर्तन हुदै पनि त आएको छ । परिवर्तन सकारात्मक अनि नकारात्मक थियो अनि नकारात्मक परिवर्तनमा समाजमा विभेद, द्वन्द्व अनि अन्याय भित्रिन गयो । शाषक अनि शाषितहरुको वर्ग छुट्याउन थालियो, काम, वर्ग, जात, रगं अनि वर्णका आधारमा भेदभाव हुन थाल्यो, शक्तिशालीले दुर्बललाई अपहेलना गर्न थालियो अनि क्रमश सामाजिक अन्यायका असहिष्णु पथको शुरुवात भयो ।
समाजमा भएका विभेदले गर्दा कालन्तर सम्म नै निकै पिडा र तड्पन सहेर मानिस बस्न बाध्य भए । कालाहरुलाई गोराले हेपे भने गोरालाई कालाले हेपे, स्थानियले आप्रवासीलाई हेपे भने हार्नेलाई जित्नेले हेपे । जन्मका आधारमा आजन्म हेपिएर बाच्न पर्ने समाज पनि त थियो र अझै पनि केही स्थानमा त्यस्तो अवस्था पनि छ । यस्तै परिस्थिति स“ग जुधिरहेको समाजलाई केही हद सम्म भए पनि मल्हम लगाउने हेतुले सन् २००७ को २६ नोभेम्बरमा बसेको राष्टसंघको महासभाले सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । सोही अनुसार सदस्य राष्टहरुले बर्षेनी फेब्रुअरी २० लाई सामाजिक न्याय दिवसको रुपमा मनाउदै आएका छन् । त्यसैले सबैको पहिचान अनि सबैको आत्मसम्मान हुने गरी बाच्न सकौं सामाजिक न्याय दिवसशको शुभकामना ।