म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पुनले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । खेल राष्ट्रको गहना भएकाले प्रदेश सरकाले खेल क्षेत्रको विकासका लागि स्थानीय तह संग सहकार्य गरि विशेष योजना निर्माण गर्न लागेको बताउनुभयो ।उहाँले खेल क्षेत्रबाट नै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउ पहिसफल भएको बताउनुभयो । सरकारले प्रदेश भित्रमा खेल क्षेत्रको विकासका लागि हरेक स्थानीय तहमा एक खेल एक मैदान निर्माण गर्ने योजना भएको बताउनुभयो । साथै हिमाली जिल्ला मुस्ताङमा रङ्गशाला निर्माणका लागि प्रदेश सरकारको योजना भएको बताउनुभयो ।
यसैगरी कार्यक्रममा जिसस प्रमुख देवेन्द्रबहादुर केसीले खेलकुद प्रतियोगिताले विद्यार्थीहरुमा खेलप्रतिभाको विकास भई जिल्ला र राष्ट्रिय स्तरका खेलाडि उत्पादन गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोकाले विद्यालय स्तरका खेल प्रतिभाको पहिचान गरि उनिहरुलाई जिल्ला, प्रदेश हँुदै राष्ट्रिय अन्तराष्ट्रिय स्तरसम्म अवसर दिलाउने उद्देश्यले खेलकुद मन्त्रालय र खेलकुद परिषद्सँगको समन्वयमा प्रतियोगिता सञ्चालन गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, गाउँपालिका उपाध्यक्ष खरमाया विटालु तथा कार्यक्रम संयोजक वडा नं ६ का अध्यक्ष सन्तोष सुवेदीले स्थानीय तहमा आयोजना भएको प्रतियोगिताले स्थानीय स्तरमा लुकेर रहेको खेल प्रतिभालाई जिल्ला ,प्रदेश संघ र अन्तराष्ट्रिय स्तरमा पु¥याउन सहयोग पुग्ने बताउनुभयो । उद्घाटन खेलमा कवड्डी ,छात्र भलिबल,र एथलेटिक्स तर्फ छात्र /छात्रा दौड प्रतियागिताभएका छन् ।
प्रतियोगितामा प्रथम हुने विद्यालयले ५० हजार रुपैयाँ, शिल्ड ,मेडल र प्रमाणपत्र,द्धितिय विद्यालयले २५ हजार रुपैयाँ ,मेडल र प्रमाणपत्र तथा तृतिय हुने विद्यालयले १५ हजार रुपैयाँ,मेडल र प्रमाणपत्र पुरस्कार पाउने कार्यक्रम संयोजक एवम् वडा नं ६ का अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
साथै उहाँका अनुसार छात्र र छात्रा भलिबल खेल,कवडडि र एथलेटिक्सतर्फका प्रथम, द्धितिय तथा तृतिय हुने विद्यालयले क्रमश १० हजार,७ हजार र ५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछन् ।
प्रमुख अतिथि मन्त्री पुन मगरको प्रमुख आतिथ्यता ,अध्यक्ष रोका मगरको अध्यक्षता ,जनप्रिय माविका प्रअ बालकृष्ण शर्माको संचालन र उपाध्यक्ष विटालुको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।