अमेरिकाको मेरिल्याण्डमा स्थापित म्याग्दी समाज युएसएमा ईन्द्र बहादुर थापा क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार सम्पन्न समाजको अधिवेसनले अध्यक्षमा इन्द्र बहादुर थापा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा खगेन्द्र छन्त्याल, उपाध्यक्षमा कृष्ण क्षेत्री, महासचिवमा भिम केसी, सचिवमा सुभाष भण्डारी तथा कोषाध्यक्षमा अन्जु थापालाई निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा दिनेश जिसी, नरेन्द्र रावल, किशोर शर्मा, मनिलाल राम्दम निर्वाचित भएका छन् ।
त्यस्तै समाजको सूचना निर्देशक (आइटि) मा सुदर्शन पौडेल र सांस्कृतिक कार्यक्रम संयोजकमा मंजु पुन, संचार निर्देशकमा निर्मल थापा, जनसम्पर्क निर्देशकमा बुद्धि शेरचन तथा सदस्यमा दिपा पुनलाई निर्वाचित गरिएको छ ।
२००९ मा स्थापना भएको गैरमुनाफामुलक सामाजिक संस्था सोमबार सम्पन्न बार्षिक अधिवेसनमार्फत म्याग्दी समाज युएसएको सन् २०१९–२०२० सम्मका लागि नयाँ समिति गठन गरिएको हो ।
नविनिर्वाचित अध्यक्ष थापाले मेरिल्याण्डमा रहेका म्याग्देलीको मात्र नभएर अमेरिकामा रहेका सम्पूर्ण म्याग्दीबासी तथा अन्य जिल्लावासी नेपालीहरुको सुख दुःखमा साथ दिन आफ सदैव लागि पर्ने संसारन्युजलाई बताएका छन् ।