
ललितपुर । किशोरीको उमेर १४ वर्षभन्दा मुनि छ । युवक र किशोरी दुवैले मन पराएर प्रेम सुरु भएको र सहमतिमै शारीरिक सम्बन्ध राखेको बयान दिएका छन् । अदालतले पनि उनीहरु कानुनबारे जानकारी नभएको अनुमान गरेको छ । वागमती, ४ स्याउलेका दीपेन्द्र लोलाई अदालतले जेल तोकेको हो । कानुनी अज्ञानतावश त्यस्तो भएको हुन सक्ने निष्कर्षमा अदालत पुगेको छ ।
आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ – फौजदारी न्यायमा कानुनको अनभिज्ञता क्षम्य हुँदैन भने सिद्धान्त रहेको अदालतका अधिकारी बताउँछन् । जिल्ला न्यायाधीश डा. रमेशप्रसाद रिजालको इजलासले १४ वर्षमनिको किशोरीसँग सहमतिमा यौनसम्पर्क भए पनि कानुनले त्यसलाई बलात्कार मानेको ठहर गरेको छ । लोविरुद्ध ०७५ जेठ ११ गते प्रहरीमा जाहेरी परेको थियो । आरोपित व्यक्ति जेठ ११ थुनामा छन् ।