
काठमाडौं । सगरमाथाको नयाँ उचाइको निर्क्याेल अब एक वर्षपछिमात्रै हुने भएको छ ।
आजको राजधानी दैनिकमा खबर छ – भूकम्पका कारण सगरमाथाको उचाइ घटबढ हुनसक्ने अनुमान गर्दै सरकारले पहिलोपटक नयाँ उचाइ मापन कार्य अघि बढाइरहेको छ ।
नेपाल आफैंले पहिलोपटक नाप्न थालेको सगरमाथा उचाइ मापन कार्य सम्पन्न हुन अझै ११ महिना लाग्ने नापी विभागले जनाएको छ ।
विभागको सक्रियतामा २०७४ फागुनदेखि सगरमाथाको उचाइ मापन कार्य सुरु गरिएको थियो ।