
काठमाडौं । भेनेजुएलाको राजनीतिक घटनाक्रमबारे कम्युनिस्ट मुलुकहरुले आफूविरुद्ध वक्तव्य दिएपछि अमेरिका आक्रोशित बनेको छ। उसले ती देशमा आफ्ना कूटनीतिक संयन्त्रलाई सक्रिय बनाएको छ।
आजको अन्नपुर्ण पोष्ट दनिक्मा खबर छ – चीन, रुस, क्युबालगायतका देशले अमेरिकी भेनेजुएलामा अमेरिकी भूमिकाको आलोचना गरेका छन्। नेपालमा पनि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाको कडा शब्दमा निन्दा गर्दै वक्तव्य दिए। पछि सरकारले समेत भेनेजुएलामा बाह्य हस्तक्षेप हुन नहुने आशयको वक्तव्य दियो।
सरकारी वक्तव्यबाट अमेरिका असन्तुष्ट बनेको छ। उसले परराष्ट्र मन्त्रालयको वक्तव्यलाई ‘दाहालकै वक्तव्यको राम्रो सम्पादन’ को संज्ञा दिएको छ। ‘नेपाल सरकारको वक्तव्य पनि नेकपा अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यकै राम्रो सम्पादन हो,’ अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘पछिल्लो वक्तव्यले पहिलेकोलाई बल पुगेको छ।’ उनले सरकारले यस्तो वक्तव्य किन दिएको भन्दै चासो समेत राखे।