सोमबार सम्पन्न तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा संयुक्त अरव इमरेष्ट(युएइ)लाई पराजीत गर्दै नेपालले एक दिवसीय सृङ्खलामा बिजय प्राप्त गरे पछि नेपाली क्रिकेट टिममा केही सुधार भएको हो कि भन्न सक्ने अवस्था पक्कै देखिएको छ । नेपाली टोलीमा सदावहार ब्याट नचल्नु समस्या हो । तर अहिलेको प्रतियोगितामा समग्रतामा हेर्ने हो भने केही सुधारीएको मान्न पर्छ । हुन त पहिलो खेलमा ११३ रनमै प्याक भएको नेपाली टोलीले दोश्रो खेलमा १४५ रनको विशाल जित दर्ता गरेको थियो । पहिलो खेलमा पनि ११४ रनको विजय लक्ष्य प्रस्तुत गरेको भए पनि महत्वपूर्ण ७ विकेट हात पारेको भएपनि नेपाल तीन विकेटले पराजित भएको थियो भने दोश्रो र तेश्रोमा उत्कृष्ट कमब्याक गर्दै सिरिज नै हात पारेको थियो ।
गत वर्ष एक दिवसीय मान्यता पाएको नेपालले खेलेको यो दोश्रो आधिकारीक खेल थियो । पहिलो खेल नेदरल्याण्डस् सँग एकएकको बराबरी खेलेको भएपनि अहिले नेपालले २–१ ले सिरिज जिते सँगै चर्चा र उत्साह बढेको छ । एकदिवसीय सिरिज जिते पछि नेपाली टोली सामु अब ट्वान्टीट्वान्टी सिरिज जित्ने पनि दवाव पनि छ । तर आफ्नो खेलमा ध्यान दिएर संयमभ एर खेलेको खण्डमा नेपाली टोलीले त्यो पनि जित्ने क्षमता राख्दछ । नेपाली टोलीमा युवाको प्रवेश अनि युवाहरुले पाएको एक्सपोजर र घरेलु ट्वान्टीट्वान्टी लिगले पनि नेपाली युवाहरुका लागि निकै राम्रो मौका सृजना गरेको छ । जब सम्म कुनै पनि खेलाडीले एक्सपोजर पाउँदैन तब सम्म उसको क्षमताको परीक्षण गर्ने मौका पनि त मिल्दैन । त्यसैले घरेलु प्रतियोगिताबाट खारिएका खेलाडीहरुले विदेशी भूमिमा गएर देखाएको क्षमताले गर्दा पनि नेपाली खेलाडीहरुले केही गर्न सक्छन् भन्ने देखाउँछ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील(आइसीसी)ले सोमबार देखि नेपाललाई पनि एक दिवसीय बरियतामा समावेस गरेको छ । नेपालले एक दिवसीय मान्यता पाएपछि कम्तिमा ३ वटा एक दिवसीय खेलेपछि बरियतामा समावेस हुने थियो । त्यही अनुरुप नेपाल पाँच खेल खेली सकेकोले गर्दा एक दिवसीय बरियतामा पनि समावेस भएको छ । अब नेपाली खेलाडी पनि एक दिवसीय अनि ट्वान्टीट्वान्टी बरियता भित्र पर्न सक्नेछन् । अहिले नेपाली खेलाडी एक दिवसीय बरियतामा समावेस नभएको भएपनि ट्वान्टीट्वान्टीमा भने छन् । समग्रतमा नेपाली खेलाडीहरुले बलिङलाई आफ्नो हतियार मानेको भएपनि अहिलेको सिरिजमा ब्याट र फिल्डमा पनि राम्रो प्रदर्शन सँगै सिरिज मात्र जितेन आइसीसीको बरियतामा समान रेटीङ प्वाइन्ट भएपनि युएइ भन्दा एक स्थान तल अर्थात् १५ औं स्थानमा छ । पहिलो खेल जितेको भए नेपाल १४ औं स्थानमा उक्लने थियो । तर त्यो सम्भव भने भएन आगामी दिनमा यस्तै सुधारीएको प्रदर्शन सँगै थप शफलता आवश्यक छ ।
Previous Articleप्रधानमन्त्रीले दिए शहिद दिवसको अवसरमा सन्देश
Next Article रुप्से दैनिक ! १४ माघ, २०७५