युएई भ्रमणमा रहेको नेपाली टोलीले तीन एक दिवसीय क्रिकेटको श्रृंखलामा २¬¬¬–१ ले जित्दै पहिलो पटक श्रृंखला जितेर इतिहास रचेको छ । यूएईविरुद्ध २५५ रनको लक्ष्य पछ्याएको नेपाल ६ विकेट गुमाउँदै ४४ ओभर ४ बलमा लक्ष्य भेट्टाएको हो ।
पहिलो खेल हारेको नेपालले लगातार २ खेल जित्दै सिरिज हात पारेको हो । आईसीसीले ४ वर्षका लागि एक दिवसीय क्रिकेटको मान्यता दिएपछि खेलेको पहिलो सिरिजमा नेदरल्याण्डस् सँग बराबरी खेलेको नेपालले युएई सँगको दोस्रो सिरिज नेपालले पहिलो उपाधि हात पार्न सफल भयो । यूएईलाई उसकै मैदानमक तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित निकाल्दै सिरिज नेपालले जीतेको हो ।
कप्तान पारस खड्काको ११५ रनको मद्धले नेपालले एक दिवसीय क्रिकेटमा आफ्नो पक्षबाट ठूलो लक्ष्य भेट्याएको हो ।
ओपनर व्याट्सम्यान विनोद भण्डारी आउट भएपछि क्रिजमा आएका कप्तान खड्काले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, रोहित पौडेल र आरिफ शेखसँग गतिलो साझेदारी गर्दै शतक बनाएका थिए ।
नेपालका लागि सोमबार खेल जीताउन उपकप्तान ज्ञानेन्द्र मल्लले पनि उत्कृष्ट पारि खेले । ३५ बलको सामना गरेका मल्लले ४ चौकाको मद्दतले ३१ रन बनाए । सोमबारमात्रै राष्ट्रिय टिममा डेब्यु गरेका युवा खेलाडी सन्दीप जोराले १९ रन बनाए । २० बल सामना गरेका उनले तेस्रो बलमै छक्का प्रहार गरेर युएईका बलरमाथि दबाव बनाएका थिए । रोहित पौडेलले सोमबार १६ रनको योगदान गरे ।
अन्तिममा खेल जिताउन सोमपाल कामी र आरिफ शेख नट आउट रहे । सोमपाल २६ रनमा नट आउट रहँदा आरिफ २१ रनमा नट आउट रहे ।
टस हारि पहिला ब्याटिङ गरेको घरेलु टोली युएईले निर्धारित ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो । २ रनमा २ विकेट लिएर सुरुमा नेपालले युएईमाथि दबाब दिए अन्तिमको ६ ओभरमा ९४ रन बनाउँदै विशाल योगफल तयार पारेको थियो ।
गुलाम सब्बेर चिराग शुरीले तेस्रो विकेटका लागि ४५ रनको साझोदारी गर्दै युएईको इनिङ उकासेका थिए । युएईको स्कोर ४७ रन हुँदा कप्तान पारस र लेगस्पिनर सन्दिप लामिछानेले बलियो साझेदारी गरेका मोहमद उस्मान र गुलाम सब्बेरलाई आउट गरेका थिए । त्यसपछि फेरि युएईका चुन्दा रिजवान र साइमन अनवारले इनिङ सम्हाल्न सफल भए । उनीहरुका बीचमा १०० रनको साझेदारी भएपछि नेपाललाई खेलमा फर्कन केही अप्ठेरो भएको थियो । नेपालका करण केसी र पारस खड्काले दुई दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिएका थिए ।
पारसको सतक
कप्तान पारस खड्काले एक दिवसीय अन्तर्र्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् । नेपाली कप्तान पारसले युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका हुन् । यो सँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।
५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।
कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
नेदरल्यान्ड्सलाई दोस्रो खेलमा एक रनले पराजित गर्दै सिरिज १–१ को बराबरीमा टुंग्याउँदा कप्तान पारसले ५१ रन बनाउँदै अर्धशतक प्रहार गरेका थिए । कप्तान पारसले ६९ बलको सामना गर्दै ६ चौका र दुई छक्का प्रहार गरेका थिए । सोमबार भएको खेलमा म्यान अफ द म्याच बनेका खड्काले नेपालका लागि एक दिवसीय क्रिकेटमा पहिलो सतक सँगै धेरै रन बनाउने किर्तीमान समेत बनाएका छन् ।