गायक तथा संगीतकार कन्काइष्ट राईको आवाजमा रहेको नयाँ गीत ‘अरुकै सिन्दुरले सजिए पनि’ सार्वजनिक भएको छ । ‘नशा’ एल्बमको शीर्ष गीतसमेत रहेको ‘अरुकै सिन्दुरले सजिए पनि…’ मा नायिका वर्षा सिवाकोटी, नायक पुष्प खड्का र पवन भट्टराईको अभिनय छ ।
गीतकार नरेन्द्र खनालको एकल शब्द रचना तथा कन्काइष्ट राईको एकल स्वर तथा संगीत सिर्जना रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् । बुद्ध थापाको छायाँकन रहेको गीतको भिडियोमा आफ्नो प्रेमीकाको अर्को ब्यक्तिसँग विवाह हुँदा प्रेमीको पीडालाई उतार्न खोजिएको छ ।
भर्जिन स्टुडियोमा रेकर्ड भएको उक्त गीतलाई महाराज थापाले एरेन्ज गरेका हुन् । सुवल थापाको उत्पादन र विकास धमलाको सम्पादन रहेको गीतलाई भर्खरै ओएसआर डिजिटल युटुव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
यसअघि चार वटा एकल एल्बम सार्वजनिक गरिसकेका राईका ‘तिमीले माया लाउँदा सरकार ढल्छ भने ढलोस्’, ‘मुटुभित्र देउन मलाई बास’ लगायतका गीतहरु लोकप्रिय भैसकेका छन् । राईले अहिलेसम्म करिब तीन सय भन्दा माथि गीतहरुमा आवाज तथा संगीत भरिसकेका छन् ।