म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको विषयमा अभिमुखीकरण तथा अन्तत्र्रिmया गोष्ठी सम्पन्न भएको छ । एनएल एसआईपी विकेन्द्रीत आयोजना सहयोग इकाई कार्यालय पोखराको आयोजनामा स्थानीय सरोकारवालाहरुसँग अन्तत्र्रिmया गरिएको हो ।
अन्तत्र्रिmया तथा छलफल कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र केसीले आयोजना राम्रो रहेको हुँदा यसबाट स्थानीय कृषकहरुले लाभ लिन सक्नुपर्ने बताएका छन् । कार्यक्रममा एनएल एसआईपी विकेन्द्रीत आयोजना सहयोग इकाई कार्यालय पोखराका प्रमुख डाक्टर लक्ष्मणबहादुर ढकालले आयोजनाको बारेमा संक्षिप्त जानकारी दिएका थिए ।
कार्यक्रमका सन्दर्भमा सहभागीहरुबीच अन्तत्र्रिmया तथा छलफल समेत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ लामा गुरुङ, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराका निर्देशक डा. मनबहादुर पुन, पशु सेवा तालिम केन्द्र पोखराका प्रमुख डा. गृष्म न्यौपाने र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रमको अवसरमा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका प्रमुख जीवनप्रसाद आचार्यले चालु आर्थिक वर्ष २०७५÷७६ मा केन्द्रमार्फत सञ्चालन हुने कार्यक्रम तथा पशु स्वास्थ्य र खोपसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा म्याग्दी र मुस्ताङ अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, पशु शाखाका प्रमुखहरु र कृषकको सहभागिता रहेको थियो ।
कार्यक्रम आयोजना प्रमुख डा. ढकालको अध्यक्षता, पशु चिकित्सक डा. भगवती शर्माको स्वागत र पशु सेवा प्राविधिक मुक्ति पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । हालै मात्र सञ्चालनमा आएको आयोजनाले देशका २८ जिल्लाको २ सय ९२ ओटा स्थानीय तहलाई समेटेको छ भने गण्डकी प्रदेशको ७ जिल्लामा कार्यक्रम रहेको जनाएको छ ।
Previous Articleविद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री सहयोग
Next Article लैङ्गिक संबेदनशिलता सम्बन्धि अन्तकृया कार्यक्रम