
काभ्रे । भूकम्पपीडितको लाभग्राहीको सूचीमा हुनेले अनुदान सम्झौता गरे लगतै बैंकिङ प्रक्रियामार्फत ५० हजार बुझे । निजी आवास प्रोत्साहनका लागि सरकारले उक्त रकम उपलब्ध गरायो ।
आजको कान्तिपुर दैनिकमा खबर छ – तर, सम्भाब्यता अनुसार उक्त रकम बुझेका २४ हजार ९ सय ७० भूकम्पपीडितले घर बनाउन भने थालेनन् । फर्जी भूकम्पपीडितले सम्झौता गरेको, एकै परिवारका धेरै सदस्यको लाभग्राही सूचीमा नाम भएको, अन्यत्र घर हुनेको पनि नाम समेटिएको कारण त्यस्ता परिवारको घर निर्माण नभएको हो ।