बागलुङ, १० कात्तिक – प्राकृतिक प्रकोपबाट कृषिमा क्षति व्यहोरेका बागलुङका २ कृषकले बाली बिमा मार्फत १ लाख बालीबिमा रकम पाएका छन् ।
बागलुङ नगरपालिका–१० ढोडेनीकास्थित कालीगण्डकी कृषि तथा पशुपालन फर्मका त्रिलोचन सापकोटा र बा.न.पा.–१० कुँडुलेका बिष्णु सापकोटाले प्रभु इन्सुरेन्समा गरेको बाली बिमाबाट १ लाख रुपयौँ बिमा रकम बुझेका हुन् ।
व्यवसायिक कृषि फर्मनै दर्ता गरी कांक्रा र गोलभेँडा खेतीको विस्तार गरेका कालीगण्डकी कृषि तथा पशुपालन फर्मका त्रिलोचन सापकोटाको खेतीमा टर्नेल हावाले उडाएपछि क्षति अनुसार २५ हजार बिमा रकम प्राप्त गरेका हुन् ।
३ लाखको बिमा गरेको सापकोटाले अहिलेसम्म ४२ सय रुपैयौँ मात्रै बिमा प्रिमीयम तिरेका छन् । यस्तै बा.न.पा.–१० कुँडुलेका बिष्णु सापकोटाले लगाएको १३ सयबन्दा र गोलभेँडाका बिरुवामा असिना पानीले नष्ट गरेपछि बिमा रकम स्वरुप ७५ हजार रुपयौँ प्राप्त गरे । उतm रकम प्रभु इन्स्योरेन्स कार्यालय बागलुङका प्रमुख जुजुमान श्रेष्ठ र निमित्त बरिष्ठ कृषि विकास अधिकृत विप्लव अधिकारीले कृषकद्वयलाई हस्तान्तरण गरेका थिए ।
गत बर्षबाट सुुरु भएको बालीबिमा कार्यक्रममा कृषकको न्युन सहभागिता रहेको छ । बाली बिमा गराउने कृषकको लगानी बराबरको बिमा हुनेछ । यसको प्रिमियम भने कृषकले २५ प्रतिशत मात्रै तिरे हुन्छ । बाँकी ७५ प्रतिशत नेपाल सरकारको बालीबिमा कार्यक्रमबाट पुर्ति हुने प्रभु इन्स्योरेन्सका बागलुङ प्रमुख जुजुमान श्रेष्ठले बताए ।