काठमाडौँ । सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिएको हो ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – बैठकले रेल खरिद प्रक्रिया अगाडि बढाउन भौतिक योजना तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ । यसैगरी बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले बताए ।