नेपालले निकै लामो समय सम्मको अथक प्रयास पछि मात्रै क्रिकेटको महाशक्ति हुने मार्गमा लाग्दै छ । गत वर्ष एक दिवसीय मान्यता पाएको नेपालले नेदरल्याण्डस् सँग एउटा सिरिज खेलेको भएपनि त्यस पछि भने कुनै पनि सिरिज खेल्न सकेको छैन । एकदिवसीय सिरिज खेलेको पनि एक वर्षमा पनि अर्को सिरिज नखेलेको नेपाल अब जनावरीको अन्तिममा युएइ सँग एउटा सिरिज खेल्ने भएको छ । लामो समयको प्रतिक्षा पछि नेपाले एक दिवसीय र ट्वान्टी ट्वान्टी सिरिज खेल्न लागेको हो । यस पटक नेपालका लागि एउटा गतिलो मौका पनि हुनेछ । किन भने अब खेल्ने सिरिज पछि नेपाल पनि एक दिवसीयको सूचिमा पनि चड्नेछ । एकदिवसीय मान्यता पाएको भएपनि ¥याङकीङमा भने अहिले सम्मपनि देख्न सकिदैन । त्यसैले यो सिरिज पछि नेपाल अब सूचिमा देखिनेछ ।
जनावरी २५ देखि शुरु हुने युएइ र नेपालको क्रिकेट सिरिजको अन्त्य सँगै नेपालको पनि थप एउटा उचाइ पक्कै हुनेछ । नेपाली क्रिकेटका लागि अहिले निकै ठूलो अवसर छ । तर त्यस अवसरलाई सदुपयोग गर्नु पर्ने क्रिकेटको नियमनकारी निकाय क्रिकेट एसोसियसन अफ नेपाल क्यान निलम्बनमा छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आइसीसीले नेपाली क्रिकेटलाई निलम्बन गरेको कारणले गर्दा क्रिकेट गतिबिधि हुन नसकेको हो । क्रिकेटमा राजनैतिक हस्तक्षेप भएको भन्दै आइसीसीले निलम्बन गरेको हो । आइसीसीको निलम्बनमा रहेको भएपनि केही प्रतियोगितामा आइसीसीकै अगुवाइमा नेपालले सहभागिता जनाएको भएपनि नेपालमै आफ्नो संगठन सक्रिय नभएको अवस्थामा खेलाडीहरु निकै समस्यामा छन् । अहिले सम्म दुई वर्ष सम्म खेलाडीहरुले आफ्नो तलब सम्म नपाएको अवस्था थियो । यस्तोमा अहिले पहलकदमीका कारण खेलाडीले दुई वर्षको एकमुष्ट तलब पाउने भन्ने पनि छ तर त्यो पनि निश्चित हुन भने बाँकी नै छ ।
नेपाली खेलाडीहरु अहिले अभ्यासमा व्यस्त छन् । नेपालमा केही घरेलु प्रतियोगिता आयोजना भै रहेको भएपनि खेल निकायबाट भने कुनै पनि त्यस्ता प्रतियोगिता आयोजना नभएको वर्तमान अवस्थामा खेलाडीहरुले आफ्नै बलबुताले गर्ने अभ्यास सिवाय अरु नभएको वर्तमान अवस्थामा नेपाली खेलाडीहरु जनावरी २५ देखि हुने एक दिवसीय क्रिकेटका लागि अभ्यासमा जुटी रहेका छन् । नेपाल र युएइ दुवैले सिरिज खेल्ने खेलाडीको टोली घोषणा समेत गरि सकेको छ । लामो समय पछि पाएको यो मौकालाई नेपाली टोलीले भरपुर सदुपयोग गर्नु पर्छ र राज्यको नाम उच्च राख्नका लागि प्रयास गर्नु पर्छ । देशको प्रतिनिधित्व गरेर खेल्ने कुरालाई सामान्य लिन हुदैन तर पनि जितकालागि खेल्ने र जित्नै पर्छ भन्ने राज्यको नागरिकको चाहनालाई पुरा गर्ने काम भनेको मैदान उत्रने ११ जना खेलाडीकै हो । नेपालको नाउ उचाइमा लैजाने क्रममा खेलाडी पनि माथि जान्छ त्यसैले २२ जनावरीमा युएइ प्रश्थान गरेर २५ जनावरीबाट सुरु हुने सिरिजमा जितका लागि शुभकामना ।
Previous Articleकराँतेमा स्वणपदक विजेता निर्मललाई सम्मान
Next Article खोज पत्रकारिताको दुखान्त