नेपालमा हुने अधिकांस विवाद मध्ये जग्गा जमिनको विषयमा हुने विवाद मुख्य रुपमा आउँछ । त्यही घर जग्गा अनि आफ्नो सीमाना च्यापेको भन्दै धेरै लफडा अनि विवादले मात्र नपुगेर कयौं स्थानमा त मानिसको ज्यानै समेत जाने गरेका पनि धेरै उदाहरणहरु छन् । जब मानिसले कसैको पनि अस्तीत्व स्वीकार्दैन तब उसले मनपरी गर्न सक्छ र त्यो भनेको आफ्नो छदाखादाको भन्दा धेरै अर्थात् अर्काको हडप्ने काम पनि गर्नपछि पर्दैन । यस्तो गलत प्रवृत्तिमा किन मानिस उद्दत हुन्छन् होला भनेर सोच्ने धेरै हुन्छन् तर ति सोच्ने भन्दा धेरै बदमासी गर्नेहरुको पनि जमात हुन्छ । जब कसैले आफ्नो जग्गा जमिन हुँदा हुदै पनि अर्काको च्याप्ने गर्दछ तब नै विवाद सृजना हुन्छ र त्यसले निकै ठूलो रुप पनि त लिन सक्छ ।
नेपाल मात्र होइन विश्वभर नै एउटा तथ्य सार्वजनिक भएको छ भन्दा फरक नपर्ला । नेपालमा उखान छ ‘सानालाई ऐन ठूलालाई चैन’ हो यही उखानलाई चरीतार्थ पार्ने काम धेरै स्थानमा भएका छन् । म्याग्दी जिल्लाको सदरमुकामको क्षेत्रफल निकै कम छ र त्यहाँ पनि सार्वजनिक जग्गा पक्कै पनि छ र हुनै पर्छ । यही सानो क्षेत्रफल भित्र भएको जग्गा जमिनलाई पनि थोरै थोरै भएपनि हडपौं भन्नेहरुको पनि भिड राम्रो छ होला त्यो त इतिहासले पक्कै पनि देखाउने छ । तर अहिलेको वर्तमान अवस्थामा पनि हेर्ने हो भने यहाँ सार्वजनिक जग्गा हडपेको भन्दै मुद्दा मामिला पनि धेरै पटक भएका छन् र कयौं ति मुद्धा किनारा लाग्दै जग्गा सार्वजनिक कायम भएका छन् भने कयौं यस्ता जग्गा अझै पनि अन्यौल छ जसलाई अदालतले सार्वजनिक हो भनेर फैसला गरेको छ तर यथार्थमा भने व्यक्तीले नै भोगचलन गर्दै आएका छन् ।
राज्यको सर्वोच्च निकाय भन्दा फरक पर्दैन सम्मानित अदालत । हुन त अदालत माथि पनि धेरैपटक प्रश्न उठे विवाद भए अनि त्यसमा पनि छानविन अनि कारवाही पनि चल्यो भनिन्छ । तरपनि अदालत यस्तो सम्मानित संस्था हो त्यस भित्रको कुर्सीमा बस्ने व्यक्तीले आँखा चिम्लीएर न्यायका लागि नै सवै चिज अर्पन्छन् । कुनै पनि हालतमा अन्याय गर्ने बच्दैन र अन्यायमा परेकोले न्याय पाउँछ भन्ने धारणा हुन्छ नै । हाम्रो गाउँघरमा पनि अझै पनि भनिन्छ यहाँ मैले नसके पनि अदालतमा पख्लास् । किन यस्तो छ भने मानिसको अदालत प्रति यति ठूला विश्वास छ कि त्यो कहिल्यै कदापी मर्दैन । हो त्यसैले हामी अझै पनि भन्छौं कहि कतै पनि अदालतले सार्वजनिक हो भनिएको राज्यको सम्पत्तीलाई व्यक्तीले नहडपौं । अदालतको सम्मान र गरिमाको रक्षा गरौं ।
Previous Articleविप्लव माओवादीको अदालती फैसलाः जग्गा फिर्ता नगरे सफायाको धम्की
Next Article आजदेखि क्वाटरफाइनलका खेल सुरु हुँदै