
हुम्ला । तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।
गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए ।
कर्णाली नदीमाथि याताउता गर्दा डर त लागिहाल्छ नि आङ सिरिङ हुन्छ, भने । दैनिक बिहान बेलुका तुइनमा गर्दा समस्या हुने गरेको उनले बताए ।