अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा पूर्वगर्भनर तिलक रावलसहित ३ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । पोलिमर नोट काण्डमा अख्तियारले उनीहरुलाई ९१ लाख रकम बिगो दावीसहित विशेष अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरेको हो ।
रावलसहित अख्तियारले तत्कालिन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौडेल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाण्डेविरुद्व अदालतमा मुघा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको उजुरीमाथि अख्तियारले अनुसन्धान गरेर मुद्दा दायर गरेको हो ।