बागलुङ, ८ कात्तिक – राष्ट्रिय खेलबाट धौलागिरी अञ्चलमानै पहिलोपटक स्वर्ण पदक भित्राउन सफल खेलाडी जित बहादुर सार्किलाई नेपाल खेलकुद महासंघ बागलुङले सम्मान गरेको छ ।
राष्ट्रिय खेलकुदमा अञ्चलबाट सहभागिको पहुँच न्युन भएको समयमा २०३८ सालमा प्रथम राष्ट्रिय खेलकुदमा सहभागि भएर सार्कीले स्वण पदक भित्राएका थिए । उनले बक्सिङ खेलमा स्वर्ण पदक भित्राएका हुन् ।
महासंघले सार्कीसँगै जिल्लाको प्रतिनीधित्व गर्दै बिभिन्न बिधाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागि भएका खेलाडि तथा जिल्ला तहबाट खेलकुद क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गरको छ ।
१० औँ र ११ औँ साफ खेलकुद प्रतियोगितामा महिला एयर राईफलतर्फ सहभागि हुने गोमा केसी र निस्ता पौडेललाई सम्मान गरिएको छ । यस्तै सुटिङ खेलमा ओलम्पिक खेलमा सहभागि भगवती केसी तथा बक्सिङ खेलमा अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्न सफल इङल कुमार राजभण्डारीलाई सम्मान गरिएको छ ।
यस्तै राष्ट्रिय खेलमा सहभागिता जनाउने स्वर्गीय अमृत बोहोरालाई पनि मृत्युपश्चात सम्मान गरिएको छ । तेक्वान्दो तर्फबाट एशियन गेममा सहभागि कर्ण बोहोरा लगायतलाई खेलकुद क्षेत्रमा योगदान पु¥याएको भन्दै जिल्ला खेलकुद विकास समितीका पुर्वअध्यक्ष बाबुलाल शाक्य, प्रशिक्षक परशुनारायाण बोहोरा, चिल्ड्रेन लाईफ बोडिङ स्कुलका प्रिन्सीपल नवराज श्रेष्ठलाई सम्मान गरिएको छ ।
सम्मानित व्यक्तिहरुलाई नेकपा एमालेका जलस्रोत तथा उर्जा बिभाग सदस्य हिरा बहादुर केसी, खेलकुद विकास समितीका अध्यक्ष धनबहादुर परीयार, धौलागिरी खेलकुद मण्डलका संस्थापक लक्ष्मण शाक्यले दोसल्ला र प्रमाण पत्रले सम्मान गरेका थिए ।
खेलकुद महासंघका अध्यक्ष सम्पन्न श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण कार्कीले स्वागत र सञ्चालन सचिव सुर्य लामिछाने गरेका थिए ।
Previous Article८ कात्तिक २०७३, ढोरपाटन दैनिक
Next Article अलैची खेतीप्रति किसानको आर्कषण