पैसा भने पछि महादेवका पनि तेश्रो नेत्र भन्ने हिन्दु धार्मीक ग्रन्थहरुमा मान्यता भए जस्तै एक जना अधिकृतले ३४ हजार घुस लिँलै गर्दा अख्तियारले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले बेनी बजारबाट ३४ हजार घुस सहित डिभिजन वन कार्यालय म्याग्दीका एक जना अधिकृत स्तरका कर्मचारीलाई पक्राउ गरेको छ ।
सहायक वन अधिकृत राजकुमार ठाकुर सेवाग्राहीवाट नगद ३४ हजार रुपियाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन । बेनी नगरपालिका ७ स्थित सव डिभिजन वन कार्यालयमा रहेको आवसागृहको पुजा कोठामा काठ सम्बन्धी मुद्धा मिलाइदिने भन्दै उनले सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुशन्धान आयोगको कार्यालय पोखराले जनाएको छ । अख्तियारको टोलीले आवश्यक कारवाहीका लागि आजै अधिकृत ठाकुरलाई पोखरा लगेको छ ।नेपाल कम्युनिष्ट (नेकपा) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता प्रकाश पौडेल र युवा नगेन्द्र जिसीको सुचनाका आधारमा अख्तियारको टोली बेनी आएको हो । काठ मुद्धा मिलाइदिने भन्दै एक सेवाग्राहीलाई अधिकृत ठाकुरले पैसा मागेपछि ति सेवाग्रहीले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।
दुइहप्ता अघि विद्यार्थी नेता पौडेल सहितका युवाहरले भ्रष्टाचार र घुसखोरी विरुद्धको अभियान सञ्चालन गरेको घोषणा गरेका थिए ।
तस्बीर शब्द बिकल्प न्युज डटकमबाट