राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवशेन आह्वान गरेकी छिन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो ।सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।
संसद भवन मर्मतको कार्य भइरहेको भन्दै अधिवेशन आह्वानमा ढिलाई भएको कानूनमन्त्री भानुभक्त ढाकालले बताएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठकका कारण पनि अधिवेशन बोलाउन ढिलाइ भएको थियो ।
विधेयक अधिवेशनसमेत भनिने गरेको यस अधिवेशनमा मुख्यतः कानून निर्माणका कार्य अगाडि बढाइनेछ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, नागरिकता विधेयकलगायतका विधेयकहरु विचारधीन छन् जसलाई यसै अधिवेशनबाट टुंग्याउने अपेक्षा लिइएको छ ।