बेनी बजारमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासिय माध्यामिक विद्यालयले आफ्नो २६ औं वार्षिकोत्सव आइतबार मनाएको छ । विद्यालय प्राङ्गणमा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि दलबहादुर थापा मगरले विद्यालयको शैक्षिक गुणस्तरलाई अझै उचाइमा पु¥याउन आग्रह गरेका थिए । उनले विद्यालयले अहिले सम्म गरेका प्रगति र आगामी योजनाले गर्दा गुणस्तरीय शिक्षाको माध्यमबाट योग्य विद्यार्थी उत्पादन हुनेमा आशा व्यक्त गरेका थिए । थापाले संघिय संरचनाका कारणले गर्दा केही दुविधामा शिक्षा क्षेत्र देखिएको भए पनि त्यस्तै कुनै समस्या र दुविधा नरहेको बताए । संस्थागत विद्यालयले सामाजिक उत्तरदायित्व पुरा गर्दै राज्यले तोको छात्रवृत्ति लगायतका कुरामा पनि योगदान दिनु पर्नेमा जोड दिएका थिए ।
वार्षिकोत्सव कार्यक्रममा खेलकुद, अध्ययन तथा अन्य विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने सबैलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी तथा कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीका तर्फबाट त्रिशला पुन, पूर्णिमा क्षेत्री, लेवि तामाङले मन्तव्य राखेका थिए । वेष्ट प्वाइन्ट एजुकेशन फाउण्डेसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठको अध्यक्षता, भाइस प्रिन्सीपल सरोज लकान्द्रीको स्वागत, विद्यालयकी प्राचार्य विणा झाको प्रतिवेदन प्रस्तुती रहेको कार्यक्रम भाइस प्रिन्सीपल कृष्ण जि.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।