नेपालसँग दक्षिण एसियामा निर्यात चार गुणा बढाउने क्षमता रहेको विश्व बैंकको निष्कर्ष छ । विश्व बैंक र साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाएरोमेन्ट (सावतीले) ले तयार पारेको ‘ए ग्लास हाल्फ फुल’ नामक प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।
शुक्रबार सार्वजनिक गरिएको प्रतिवेदनमा मानव निर्मित अवरोधले गर्दा नेपालको अन्तरदेशीय व्यापार पछाडि धकेलिएको उल्लेख छ । यदि यि अवरोधहरु हट्ने हो भने नेपालको अन्तरदेशीय व्यापार २३ अर्ब डलर बाट ६७ अर्ब डलर पुग्नसक्छ । उक्त प्रतिवेदनमा भनिएको छ ।
उक्त रिपोर्टका अनुसार, अन्तदेशीय व्यापारमा दक्षिण एसिया विश्वमा सबैभन्दा कम र समग्र क्षेत्रीय व्यापारमा जम्मा ५ प्रतिशत रहेको छ । यो पूर्वी एसिया र प्यासिफिकको तुलनामा ५० प्रतिशत कम हो ।
रिपेर्टले दक्षिण एसियाको हालको अन्तरदेशीय व्यापार र हुनसक्ने अनुमानित व्यापारका बीचको दुरी देखाएको छ, जसले क्षेत्रीय व्यापारका लागि मार्गचित्र प्रदान गर्न सक्दछ । यसले क्षेत्रीय व्यापारको ४ वटा नकारात्मक अवरोधहरुको पहिचान गरेका छ । जसमा कर, अतिरिक्त कर, वास्तविक र कथित गैरकर, कनेक्टिभिटी कस्ट र व्यापक विश्वास घाटा रहेका छन् ।
विश्वको तीव्र वृद्धिको क्षेत्रका रुपमा रहेको नेपालसँग बस्तु तथा सेवाको व्यापार विस्तार आशाजनक रहेको नेपालका लागि विश्व बैंकका प्रबन्धक फेरिस हाडाड जेर्भाेसले बताए ।
रिपोर्टमा दक्षिण एसियाका नीति निर्माताहरुले भारत र श्रीलंकाको हवाई सेवाबाट केही सिक्नुपर्ने बताइएको छ । जहाँ उनीहरुको उदारीकरण नीति क्रमिक र वृद्धिगत रहेको छ ।