
काठमाडौं । सरकारले झन्डै एक बर्षअघि गत साल माघमा सार्वजनिक गरेको विभिन्न पदाधिकारीको मर्यादाक्रमप्रति अझै असन्तुष्टिहरु आईरहेका छन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – यसरी असन्तुष्टि जनाउनेमा कर्मचारीका नेतादेखि गाउँपालिकाका उपाध्यक्षसम्म रहेका छन् ।
निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाललाई यो मर्यादाक्रमप्रति चित्त बुझेकै छैन ।
यसमा पुनरावोलकन हुनुपर्ने उहाँको माग छ ।
संघीय र प्रदेश सरकारमा कार्यरत कर्मचारीबीच विभेद हुँदा अवहेलना भएको अध्यक्ष ढकाललको निष्कर्ष छ ।
८६ हजार कर्मचारीको नेतृत्व गरेको आधिकारिक ट्रेड युनियनको अध्यक्षको मर्यादाक्रम सरकारको सचिवसरह हुनुपर्ने उनको दाबी छ ।