
काभ्रे । भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ – पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् ।
प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।
गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् ।
एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।