गिता राना मगर,
घरपरिवार र समाजबाट अपहेलना खेपिरहेको तेश्रो लिङ्गीहरुलाई पोखरामा पहिलो पटक सम्मान गरिएको छ । १६ दिने लैङगिक हिंसा विरुद्धको दिवसको अवसर पारी नारी जागरण अभियान पोखराले पोखरामा रहेका तेश्रो लिङ्गी सम्बन्धी काम गर्ने २ वटा संस्थालाई सम्मान गरेको छ । नारी जागरण अभियान पोखराको आयोजना र अपराध नियन्त्रणका लागी सामाजिक जागरण अभियान पोखरा, राष्ट्रिय सम्पदा संरक्षण समिती नेपाल, पोखरा उपत्यका बृहत सरसफाइ अभियान पोखरा, र स्वयंसेवी मानवअधिकार रक्षक संजाल नेपालको सहकार्यमा पोखरामा नै पहिलो पटक तेश्रो लिङ्गीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नौलो बिहानीका प्रमुख राजु थकाली, परिवर्तन नेपालका प्रमुख बिन्द्या गौतम, परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्री र नौलो बिहानीका निर्देशक नैना गुरुङलाई सम्मान गरिएको हो । मानव सेवा आश्रम पोखराको प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले तेश्रो लिङ्गीहरु राज्यबाट समो अपहेलित भइरहेको सन्दर्भमा नारी जागरण अभियानले लैङिगक हिंसा विरुद्धको अभियानको क्रममा सम्मान गर्न पाउदा निकै खुसी लागेको वताउदै अझैपनि तेश्रो लिङ्गीहरु नागरिकता लिनबाट बञ्चित भइरहेको र अव छिट्टैनै यसबारेमा पनि ठोस निर्णय आउने र उनीहरुले पनि अन्य नागरिक सरह सरल जीवन यापन गर्न सहज हुने वताइन ।
सो अवसरमा वोल्दै परिवर्तन नेपालका अध्यक्ष राज क्षेत्रीले समाज र घरपरिवारबाट अपहेलित भएर जीवन विताइरहेका तेश्रोलिङ्गीहरुलाई नारी जागरण अभियानले पोखरामा पहिलो पटक सम्मान गर्दा आफुहरु निकै खुसी भएको वताउदै आगामी दिनमा यस्ता सम्मान गर्ने संस्थाहरु संग सहकार्य गरेर समाजिक अभियानमा अगाडी वढ्ने प्रतिवद्धता गरे ।

सो अवसरमा वोल्दै नारी जागरण अभियान पोखराकी अध्यक्ष अन्जु क्षेत्रीले लैङ्गिक हिंसा विरुद्धको अभियानमा आफुहरुले पहिलो पटक तेश्रो लिङ्गी जो घरपरिवार र समाजबाटै अपहेलना र तिरस्कृत बेहोरिरहेको समुदायलाई पनि अभियानमा समेट्नुपर्छ भन्ने उद्देश्यले पहिलो पटक सम्मान गरेको र आगामी दिनमा सामाजिक अभियानहरुमा समेत उनीहरुलाई समावेश गरेर अगाडी वढ्ने वताए ।
लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत नारी जागरण अभियानले यो हप्ता १२ वर्षकी गर्भवती किशोरीलाई नगद १८ हजार ६०० प्रदान गरेको छभने शुक्रबार मात्रै पोखराको छोरेपाटनमा रहेको मानवसेवा आश्रममा १० हजार नगद र १५ हजार बराबर को खाद्यान्न आश्रममा आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ । उक्त अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान सिंह बोहोरा, जिल्ला प्रमुख अधिकारी चक्र बहादुर बुढा, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना र गण्डकी प्रदेशका ५ जना महिला सांसदहरुको सहभागीता रहेको थियो ।