पुर्ण विश्वकर्मा / कतार
म्याग्दी प्रवासी नेपाली संघ ( मोना) कतारको बैठक शुक्रबार डिसेम्बर ७ तारिकको दिन अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा मोना आइ. इ .सि उपाध्यक्ष प्रेम रसाइली, सचीव बिक्रम कार्की, एन सि.सि उपाध्यक्ष मीन बहादुर कार्की,चित्र बहादुर चोखाल,महासचिव राजु पौडेल, प्रमुख सल्लाहकार हिमाल सुबेदी लगाए विभिन्न पदमा आसिन समस्त मोना कतार परिवारको उपस्थित रहेको थियो ।
बैठकले मोना कतारको महाधिवेशन २०१९ मार्च ८ तारिकमा गर्ने निर्णय गरेको छ ।
कतारको महाधिवेशन लगत्तै मोना आइ. इ .सिको बैठक त्यही हलमा हुने आइ .इ .सि उपाध्यक्ष प्रेम रसाइलीले इ – रुप्से ड्ट्कमलाई जानकारी दिनु भयो ।