ओमन / म्याग्दी प्रवासी नेपाली संघ ( मोना) ओमनको बैठक शुक्रबार डिसेम्बर ७ तारिकको दिन अध्यक्ष पुर्ण विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा मोना ओमनका उपाध्यक्ष गणेश चोखल,धन बहादुर छन्त्याल, वरिष्ठ सल्लाह सेवान्त पुर्जा, प्रेम गुरुङ्ग, याम रोका, चन्द्र बहादुर दर्जी, सम्मर खत्री, तुल सिउथानी, पक ब. पुन, नगेन्द्र पुन, लगायत संस्थाको सदस्यहरुको उपस्थित रहेको थियो । बैठकले संस्थामा निष्क्रिय रहेका महासचिव ठहर प्रसाद श्रेष्ठलाई साधारण सदस्य रहने गरि महासचिव बाट हटाइएको छ ।
साथै महासचिवमा सक्रिय सदस्य देवि पुन, सचीवमा अनिसा छन्त्याल, खेलकुद संयोजकमा याम रोकालाई चयन गरेको छ । मोना आइ इ .सि. महिला तथा बालबालिका अक्षयकोषको लागि मोना ओमनले एक लाख एक सय एघार रुपैया १,००१११ ।- सहयोग गर्ने निर्णय गरेको अध्यक्ष पुर्ण विश्वकर्माले बताउनु भयो ।
महिला तथा बालबालिका अक्षयकोषको सुरु भए पनि अहिलेसम्म ब्याक्ती गत रुपमा सहयोग संकलन भएको थियो । मोना ओमन लगायत अन्य एन. सि. सिले पनि सहयोग गर्न सुरु भएको छ ।