बागलुङ, ६ कात्तिक – संविधान कार्यान्वयनका लागि पार्टी परिचनालन अभियान सञ्चालन गरिरहेको नेकपा एमाले बागलुङले शनिवार जिल्लाको दक्षिण अमालाचौरका ३६ जनाभन्दा बढि जेष्ठ नागरिकलाई एकैसाथ सम्मान गरेको छ ।
कलास्टर नं. १० ले सञ्चालन गरेको कार्यक्रममा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत अमलाचौर गाविसका ७२ बर्षदेखि ८९ बर्षसम्मका जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरेको सो अभियानका संयोजक धन वहादुर परियारले वताए ।
पंञ्चेबाजासहित निस्केको जुलुशले अमलाचौर परिक्रर्मा गरी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर फुल, माला र अविर लगाई नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले सम्मान गरेका थिए ।
सो अवसरमा मन्तब्य राख्दै केन्द्रिय सदस्य नेपालीले जेष्ठ नागरिकलाई सम्मान गर्ने र मुलुकको समृद्धीमा लाग्ने पार्टी नै एमाले भएको वताए । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले जेष्ठ नागरिकलाई सम्मान स्वरुप सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था मिलाएको वताउदै एमाले नेता नेपालीले निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारले त्यसलाई बढाएर बार्षिक २४ हजार पुराएको दावी गरे ।
राष्ट्रिय स्वाधिनताको रक्षा र मुलुकको समृद्धिका लागि नेकपा एमालेको विकल्प नरहेको वताउदै उनले सवै राजनैतिक दललाई एमालेको झण्डामुनी गोलवन्द हुन आब्हान गरे ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले संविधानसभाबाट निर्मित संविधान विश्वको उत्कृष्ठ संविधान भएको वताउदै अंगिकृत नागरिकहरु राष्ट्रको प्रमुख पदमा पुग्न नपाउने भएकाले मधेसवादी दलहरुले यसको विरोध गरेको वताए ।
कलास्टर नं. १० का उत्प्रेरक कृष्ण पाठकले एमालेको जिल्लाव्यापी अभियान ४ महिनासम्म सञ्चालन हुने वताउदै पार्टी कार्यकर्तालाई दृढताकासाथ अगाडि बढ्न आग्रह गरे ।
अमलाचौर गाऊ पार्टी कमिटीका अध्यक्ष गुरुदत्त पाठकको सभापतित्वमा समपन्न भएको कार्यक्रममा एमालेको केन्द्रिय प्रचार विभागका पूर्व सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य हरिनारायण गौतम, युवा नेता सूर्य पाठक, कलास्टर संयोजक धनवहादुर परियार, शिक्षक संगठनका सदस्य सुनिल शर्मा, वलेवा विशेष कमिटीका अध्यक्ष काशीराम रेग्मी, क्षेत्रिय उपाध्यक्ष हरिराम अधिकारी, मुक्ति समाजका सुजन परियार, गाविस सचिव भविदत्त पन्त लगायतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए ।
सम्मान तथा अधिवेशन उद्घाटन कार्यक्रमको सञ्चालन खेम कुमारी रानाले र स्वागत उपाध्यक्ष भविश्वर रेग्मीले गरेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको नेता, कार्यकर्ताहरुलाई प्रमुख अतिथि तथा विशिष्ठ अतिथिहरुले टीका लगाई स्वागत गरेका थिए ।
शनिवार नै समपन्न अमलाचौर गाऊ पार्टी कमिटीको ८ औं अधिवेशनले गुरुदत्त पाठकलाई पून ः अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । अधिवेशनले कमिटीको उपाध्यक्षमा भविश्वर रेग्मी, सचिवमा ज्ञानेन्द्र ढकाल र उपसचिवमा खगेश्वर पाठकलाई निर्वाचित गरेको छ ।
अधिवेशनबाट कमिटीको सदस्यहरुमा मणिरत्न पाठक, प्रेम वहादुर नेपाली, नन्द हमाल, तुल वहादुर परियार, दधिराम पाध्या, देवी अधिकारी, पूर्ण चुदारा, रामचन्द्र आचार्य, चन्द्रवहादुर नेपाली, सरिता गंगा, त्रिलोचन शर्मा, सुर्य प्रसाद ढकाल, शोभा हमाल, गंगा माझी, इसुफ मिया, माधव शर्मा र चुडामणी पौडेल निर्वाचित भएका छन । निर्वाचित कमिटीलाई पार्टीका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द वहादुर नेपालीले सपथ गराएका थिए ।
एउटै मञ्चबाट ३६ जेष्ठ नागरिक सम्मानित
Previous Articleसंसद जनताको आस्था हो, लोकमानको हैन- डा. केसी
Next Article २०७३ कात्तिक ७ गते आईतबारको राशिफल