काठमाण्डु, १८ मंसिर– प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रिपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ ।
संविधान, सुशान ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरुस्कार, उपाधि वा विभुषण लिँदा मन्त्रिपरिषद्को पूर्वस्विकृति लिनुपर्ने व्यवस्था छ । ओलीले यूपिएफको १ लाख अमेरिकी डलर राशिको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड लिँदा मन्त्रिपरिषदबाट निर्णय गरिएको छैन ।
संविधानको धारा २७७ मा नेपाल सरकारबाट स्वीकृति प्राप्त नगरी नेपालको कुनै नागरिकले कुनै विदेशी सरकारबाट प्रदान गरिने उपाधि, सम्मान वा विभूषण ग्रहण गर्न नहुने व्यवस्था छ ।
कान्तिपुर दैनिकबाट